५ चैत, काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति नन्दबहादुर पुनले सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित समारोहमा उपराष्ट्रपति पुनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट सपथ लिएका हुन् ।
सपथ ग्रहण समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना, कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु, सांसद लगायतको उपस्थिति थियो ।
उपराष्ट्रपति पुन आइतबार उपराष्ट्रपति पदमा दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका थिए ।
हेर्नुस् सपथ समारोहका तस्वीरहरु :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4