६ चैत, काठमाडाैं । संघीयता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चाले प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
संघीयताका दुर्भाग्यपूर्ण परिणाम आउन भन्दा अगाडि नै खारेज गर्न माग गर्दै जनमोर्चाले मंगलबार मुख्यमन्त्री पौडेललाई ज्ञापनपत्र बुझाएको हो ।
समाजवादउन्मुख प्रगतिशील नीति तथा कार्यक्रममा आफूहरुको समर्थन रहे पनि राष्ट्रियता अखण्डताका लागि नेपालमा संघीयता स्वीकार्य नहुने जनमोर्चाले पत्रमा स्पष्ट पारेको छ ।
दुई पृष्ठ लामो पत्रमा अन्तरिक संविधान ०६३ मा समेत संघीयता व्यवस्था नभएको उल्लेख गर्दै जनमोर्चाले भारतीय दवावमा अन्तरिक संविधानलाई संशोधन गरी संघीयता ल्याइएको दावी गरेको छ ।
पत्रमा भनिएको छ,’शासन प्रणादीको रुपमा मात्रै संघीयताप्रति जनमोर्चाको बिरोधन छैन । तर, हाम्रो देशको लागि संघीय शासन प्रणाली गम्भीर रुपमा नै घातक हुन्छ ।’
प्रतिक्रिया 4