+
+

ललितपुरका ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालन

रासस रासस
२०७४ चैत १२ गते १६:२९

१२ चैत, ललितपुर । ललितपुर महानगरपालिका क्षेत्रमा झण्डै ६० प्रतिशत मासु पसल दर्ता बिना सञ्चालनमा छन् ।

कुनै पनि उद्योग सञ्चालन गर्दा दर्ता गरेर मात्रै शुरु गर्नुपर्ने व्यवस्था भएपनि पुस्तौँदेखि सञ्चालित पसल दर्ता नभएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख मोगलप्रसाद साहले बताए । दर्ता भएका पसलमध्ये पनि धेरैजसो नविकरण भएका छैनन् ।

दर्ता भएर व्यवसाय शुरु गर्दा पाइने सुविधाका बारेमा कतिपय व्यवसायीलाई जानकारी छैन । उनी भन्छन् , ‘कतिपय व्यवसायीलाई जानकारी नै छैन, जानकारी भएकाहरुले वेवास्ता गरिरहेका छन् ।’ व्यवसायीले दर्ता र नविकरण गर्न झन्झट मान्ने गरेका छन् ।

नगरका भित्रि भाग र महानगरपालिकामा अहिले गाभिएका साविक गाविस दुवैतिर दर्ता नभई सञ्चालन भएका मासु पसल धेरै रहेको प्रमुख साह बताउँछन् ।

पुस्तौँदेखि मासु बेच्दै आएका कतिपय व्यवसायी मासु पसल दर्ता गर्न आवश्यक ठान्दैनन् । स्थानीय निकायमा जनप्रतिनिधि आएपछि सुधार हुने उनको भनाइ छ । स्थानीय निकायले पूर्णरुपमा काम गर्न थाल्दा पसलको दर्ता बढ्न सक्छ ।

उनी भन्छन्, ‘वडा कार्यालयमा सेवा शुरु भएमा दर्ता प्रक्रियामा आउन सक्छन् ।’ उपमहानगरपालिका हुँदासम्म यहाँ झण्डै ३०० मासु पसल दर्ता थिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?