+

मकवानपुर जिल्ला फुटवल संघको विवाद मिल्यो, अध्यक्षमा लामा चयन

२०७४ चैत  २३ गते १९:१० २०७४ चैत २३ गते १९:१०
मकवानपुर जिल्ला फुटवल संघको विवाद मिल्यो, अध्यक्षमा लामा चयन


२३ चैत, हेटौंडा । पटक/पटकको विवादका कारण निर्वाचन प्रक्रियाले पूर्णता नपाएको मकवानपुर जिल्ला फुटबल संघले नयाँ नेतृत्व पाएको छ ।

शुक्रबार अखिल नेपाल फुटवल संघबाट आएका केन्द्रीय प्रतिनिधिको उपस्थितिमा टीकाराम लामाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

अधिवेशनले प्रथम उपाध्यक्षमा सुविन घिमिरे, द्वितीय उपाध्यक्षमा अजय मानन्धर, तृतीय उपाध्यक्षमा राजकुमार श्रेष्ठलाई चयन गरेको छ ।

अधिवेशनले सदस्यहरुमा राजेन्द्रकुमार श्रेष्ठ, युनाल मल्ल, अमृत लुङ्वा, सञ्जयकुमार महर्जन, अतुल बर्मा, विमल श्रेष्ठ, मनिष श्रेष्ठ, छवि सुवेदी र सुशीला अर्याललाई चयन गरेको छ ।

गत माघ ५ गते भएको अधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेर आएका अखिल नेपाल फुटबल संघका महासचिव मणि कुँवरले अधिवेशन छोडेर हिडेका थिए । अधिवेशन छोडेर हिडे पनि लामाकै नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिए पनि त्यसलाई एन्फाले वैधानिकता दिएको थिएन ।

चैत १४ गतेका लागि तोकिएको अखिल नेपाल फुटवल संघको अभिवेशनमा मकवानपुर र भक्तपुर जिल्ला फुटवल संघ सहभागी हुन नपाएपछि उनीहरुले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । अदालतले मकवानपुर र भक्तपुरलाई पनि सहभागी गराएर अधिवेशन गर्न आदेश दिएपछि शुक्रबार हेटौंडामा सहमतिको आधारमा अधिवेशन भएको हो ।

तत्कालीन मकवानपुर फुटबल संघका वरिष्ठ उपाध्यक्ष मनिष श्रेष्ठले उच्च अदालतमा आफ्नो प्रतिनिधित्व बिनानै अधिवेशन गरेको भन्दै रिट दायर गरेपछि त्यसको प्रभाव एन्फाको केन्द्रीय अधिवेशनमा नै परेको थियो ।

विवादपछि भएको अधिवेशनमा एन्फाले उपमहासचिव सञ्जिव मिश्रलाई प्रतिनिधि बनाएर पठाएको थियो । अधिवेशनमा उपमहासचिव मिश्रले आउँदो २७ गते भक्तपुरमा अधिवेशन हुने र वैशाखभित्र केन्द्रीय अधिवेशन हुने बताए ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष माधव तिमल्सिना, फिफा रेफ्री कल्पना शर्मा लगायतको सहभागिता रहेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय