२८ चैत, मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा आगामी बैशाखदेखि सिटीबस सञ्चालन हुने भएको छ ।
हाल सञ्चालनमा रहेका टेम्पो तथा मझौला सवारी साधनहरुले सरकारले तोकेको २० बर्ष पुरा भएपछि उपमहानगरले सिटीबस सञ्चालनमा ल्याउन लागेको हो ।
उपमहानगरले यातायात सञ्चालनका लागि कार्यविधि बनाएर आउँदो बैशाख बाटै यातायात सञ्चालनको लागि तयारी थालेको हेटौंडा उपमहानगरपालिका कार्यालयका प्रशासकिय अधिकृत कृष्णप्रसाद पाण्डेले बताए ।
बजार क्षेत्रमा बस सञ्चालनको लागि रुट तयार गरिएको छ । साथै केहि व्यवसायीहरुको पनि इच्छा देखाएका छन् । नगरको १९ वटै वडा भेट्ने गरी बस सञ्चालन गरिने उपमहानगरले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4