+
+

विप्लव कार्यकर्ताले वडा कार्यालयको कम्प्युटर लुटे

अनलाइनखबर अनलाइनखबर
२०७४ चैत २९ गते ९:४२


२९ चैत, नवलपरासी । गाउँपालिका र नगरपालिकाका प्रमुखहरुको नाममा पत्र काटेर राजीनामा दिन दबाव दिँदै आएको विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले वडा कार्यालयको कम्प्युटर, पिन्टरलगायत सामग्री लुटेका छन् ।

नेकपानिकट जिल्ला जनपरिषद् नवलपुरले बिहीबार हुप्सेकोट गाउँपालिका–३, वडा कार्यालयको कम्प्युटर, प्रिन्टर, लेमिनेशनमेसिनलगायत महत्त्वपूर्ण सामग्री कब्जामा लुटेको हो ।

त्यस्तै रुपन्देहीको ओमसतिया गाउँपालिका–५ को कार्यालयका उपकरण पनि नेकपाले कब्जामा लिएको छ ।

नेकपाले नवलपरासी बर्दघाट सुस्ता पूर्वका ८ जना गाउँपालिका र नगरपालिकाका प्रमुख तथा अध्यक्षहरुलाई पत्र काटेर तुरुन्त पदबाट राजीनामा दिन धम्की दिँदै आएको छ ।

बुंदिकाली गाउंपालिकाका अध्यक्ष दुर्गाबहादुर रानाले जनपरिषदको नाममा पत्र आएको स्वीकारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?