+

महत्वपूर्ण खेल छाडेर गल्फ खेल्दै गार्डिओला

२०७५ वैशाख  २ गते १४:०९ २०७५ वैशाख २ गते १४:०९
महत्वपूर्ण खेल छाडेर गल्फ खेल्दै गार्डिओला

२ वैशाख, काठमाडौं । इंग्लिस प्रिमियर लिगको उपाधिका लागि म्यानचेस्टर सिटीलाई आज राति हुने म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमबिचको खेल महत्वपूर्ण छ । युनाइटेड पराजित भए सिटीले प्रिमियर लिगको उपाधि पक्का गर्नेछ ।

यस्तोमा मानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले म्यानचेस्टर युनाइटेड र वेष्ट ब्रुमबिचको खेल हेनुभन्दा आफू गल्फ खेलेर बस्ने प्रतिक्रिया दिएका छन् ।

उनले महत्वपूर्ण खेल पनि हेर्न छाडेर छोरासँग गल्फ खेल्ने योजना बनाएका हुन् । ‘मलाई लाग्छ युनाइटेडले जित्नेछ । हामी अरुमा होइन आफैमा भर पर्न चाहन्छौँ’ उनले भने ।

युनाइटेड वेष्ट ब्रुमसँग नहारेमा उपाधिका लागि सिटीले एक खेल जित्नुपर्ने छ । शनिबार राति भएको खेलमा सिटीले टोटनहृयामलाई ३-१ ले हराएको थियो ।

अंक तालिकामा सिटी दोस्रो स्थानको म्याचेस्टर युनाइटेडभन्दा १६ अंकले अघि छ । युनाइटेडले लिगमा ६ खेल खेल्न बाँकी छ । सिटीले ५ खेल खेल्न बाँकी छ । तेस्रो स्थानमा रहेको लिभरपुलको ३४ खेलबाट ७० अंक रहेको छ ।

वेस्ट ब्रुम अंक तालिकाको पुछारमा छ । ३३ खेलमा ३ खेल जितेर १२ बराबरी गरेको वेस्ट ब्रुमको २१ अंक छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय