
६ वैशाख, विराटनगर । एक किशोरीलाई बलात्कार गरेको आरोपमा डाक्टर पढ्दै गरेका युवक पक्राउ गरेका छन् ।
विराटनगरस्थित नोवेल मेडिकल कलेजमा एमबीबीएस नवौं व्याचमा अध्ययनरत मनिष मिश्रलाई मोरङ प्रहरीले पक्राउ गरेको हो ।
सप्तरी वालन वेलाही गाउँपालिका ४ का २२ वषर्ीय मिश्रमाथि सुनसरी इहटरी घर भएकी किशोरीलाई बलात्कार गरेको गरेको अभियोग छ ।
मिश्रले विराटनगरस्थित एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई दूधफारमस्थित आफनो कोठामा बोलाएर मंगलबार साँझ बलात्कार गरेको उजुरी परेको छ ।
किशोरीले बुधबार किटानी जाहेरी दिएपछि मिश्रलाई नियन्त्रणमा लिएको मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण विसीले जानकारी दिए ।
उनीहरु दुई सातअघि मात्र चिनजान भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4