कुनै समय नेपालकी नम्बर १ नायिका निरुता सिंह अहिले भारतको मुम्बइमा बस्दै आएकी छिन् । तर, त्यहाँ रहेर उनले बलिउडमा फड्को मार्न खोजेको खासै देखिदैन । नेपाली मुलकी उनीसँग भारतको पासपोर्ट छ ।
निरुता कुनै समयमा नेपाली नायकसरह पारिश्रमिक लिने नायिकाको रुपमा चिनिन्थिन् । तर, नयाँ नायिकाहरुको आगमनसँगै निरुताको क्रेज कमजोर बन्यो र उनी भारततर्फ लागिन् । उनै, निरुता शुक्रबार नेपाल आएकी छिन् ।
यी नायिका नेपाल आउनुको कारण एक अवार्डमा सहभागीता जनाउन हो । वैशाख १३ गते आयोजना हुन लागेको ‘एनएफडीसी राष्ट्रिय चलचित्र पुरस्कार’मा निरुताको विशेष प्रस्तुती रहनेछ । यसैका लागि निरुता नेपाल झरेकी हुन् ।
उनले, आफूलाई सुहाउँदो कथा आएको खण्डमा चलचित्रमा फर्कन चाहेको पनि बताउँदै आएकी छिन् । यसपटक नेपाल आएको समयमा निरुतालाई कुनै निर्माताले त्यस्तो कथाको अफर गरेको खण्डमा उनले काम गर्न सक्छिन् । नेपाली दर्शक पनि यी अभिनयकी रानीको प्रतिक्षा गरिरहेका छन् ।
निरुताले खेलेका नेपाली फिल्मको कुरा गर्दा दर्पणछाया सर्वाधिक चर्चित थियो । यही फिल्मपछि उनले नम्बर १ नायिकाको ट्याग भिरेकी हुन् । तर, दर्पणछायाको सिक्वेलमा भने उनले अभिनय गरिनन् ।
प्रतिक्रिया 4