आमरुपमा बलिउड नायिकाहरु बिहे गरेर बच्चा जन्माएपछि लामो विश्राम लिन्छन् । कोही त फेरि फर्केर फिल्ममै आउँदैनन् । तर, करिना कपुर भने बच्चा तीन महिना पनि नहुँदै काममा फर्किसकेकी थिइन् ।
उनले सुत्केरी अवस्थामा नै अभिनय गरेको फिल्म अभिनय गरेको फिल्म ‘वीरे दि वेडिङ’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरका अश्लिल संवादहरुले एकातर्फ विवाद निम्त्याएको छ भने अर्कोतर्फ करिनाको सुन्दरता र अभिनय प्रशंसा पनि भइरहेको छ ।
त्यसो त करिनाले सो फिल्म पेट नबोक्दै साइन गरेकी थिइन् । तर, फिल्मको छायांकन सुरु हुनुअघि उनी गर्भवती भइन् । उनले फिल्मका निर्मातालाई आफ्नो सट्टामा अर्कै नायिका खोज्न पनि भनेकी थिइन् । तर, निर्माताले करिनालाई नै पर्खिए । अन्ततः सुत्केरी भएको ३ महिनामै उनी काममा फर्किइन् ।
छोटो समयमै फिल्ममा फर्किनुको जस करिनाले आफ्नो श्रीमान सैफ अली खानलाई दिएकी छिन् । ‘छोरो तैमुर तीन महिनाको भएपछि नै उहाँले मलाई जिम गएर आफ्नो तौल घटाउन प्रेरित गर्नुभयो, मैले अरु आमाहरुका लागि उदाहरण बन्नुपर्छ भन्ने उहाँको धारणा थियो,’ करिनाले भनिन् ।
‘वीरे’ पछि करिनाले अर्को फिल्म साइन गरेकी छैनन् । उनलाई फिल्मको अफर नआएको हो वा उनले रिजेक्ट गरेकी हुन्, त्यो करिनालाई नै थाहा होला । तर, यतिबेला उनको हात भने खाली छ ।
प्रतिक्रिया 4