+
+

पूर्वमा प्रहरीले चलायो सार्वजनिक बस

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते ११:३१


२१ वैशाख, विराटनगर । सिण्डिकेट पक्षधर यातायात व्यवसायीले गरेको हड्तालका बेला पूर्वी नेपालमा प्रहरीले बस चलाएको छ ।

प्रहरीले भखरै मात्र कम्पनीमा दर्ता भएको एरिना सार्वजनिक यातायातको बस सञ्चालन गरी सर्वसाधारणलाई सेवा दिएको हो ।

प्रहरीको सहयोगमा सुनसरीको इटहरीदेखि झापासम्मको रुटमा सो कम्पनीका १० वटा गाडी गुडाइएको हो ।

एरिना यातायातका सञ्चालक समीर कार्कीका अनुसार इटहरी इलाका प्रहरी कार्यालय अगाडि मध्यान्नबाट एरिना यातायात कम्पनीका बसहरु बर्दिधारी प्रहरी चालकले हाँकेका थिए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीले यात्रुको सुरक्षाको लागि प्रहरीको सहयोगमा बस सञ्चालन गरिएको जानकारी दिए ।

उनले भोलिदेखि हड्तालमा उत्रिएका व्यवसायीको गाडीसमेत कब्जामा लिएर प्रहरीले चलाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?