+
+

चुनाव हारेका नेतालाई देउवाले बनाए पदाधिकारी, पौडेल समूहको विरोध

अनलाइनखबर अनलाइनखबर
२०७५ वैशाख २१ गते १७:५६

२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसमा विवादका बीच पदाधिकारी मनोनयन भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले विमलेन्द्र निधिलाई उपसभापति, पूर्णबहादुर खड्कालाई महामन्त्री र प्रकाशशरण महतलाई सहमहामन्त्री मनोनित गरेका हुन् ।

तीनै नेता देउवा समूहका हुन् र प्रतिनिधिसभा चुनावमा हारेका नेता पदाधिकारी बनेका छन् । निधि धनु्षा ३, खड्का सुर्खेत १ र महत काठमाडौं ५ मा पराजित भएका हुन् ।

पदाधिकारी मनोनयनका लागि विहान ११ बजे बोलाइएको बैठक साँझ ५ बजेपछि मात्र बसेको थियो । मुस्किलले १२/१३ मिनेटसम्म चलेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले पदाधिकारी मनोनयन प्रस्तावको विरोध गरेका थिए । बैठकमा प्रकाशमान सिंह र महेश आचार्यले विरोध गरे ।

तर, देउवा समूहले बहुमतका आधारमा पदाधिकारी मनोनयनको प्रस्ताव पास गरेको छ ।

पौडेल समूहले पार्टीको विधानमा दुई महिनाभित्र पदाधिकारी मनोनयन गर्ने व्यवस्था रहेको भन्दै २ वर्षपछि गर्न नहुने तर्क गरेका थिए ।

गर्नु नै पर्ने भए केन्द्रीय कार्यसमितिको पूर्ण बैठकले बाधा अड्काउ फुकाएर मात्र पदाधिकारी मनोनयन गर्नु पर्ने आफूहरुको मत भएको नेता प्रदीप पौडेलले बताए ।

पौडेल समूहका नेता पूर्वमहामन्त्री प्रकाशमान सिंहले केन्द्रीय सदस्य निर्वाचित भएको दुई महिनाभित्र गर्नुपर्ने पदाधिकारी मनोनयन अहिले गर्नु विधान विपरीत हुने बताए । अहिले पदाधिकारी मनोनित गर्न डाकिएको बैठक अवैधानिक भएकाले आफूहरुले नमान्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?