१० जेठ, काठमाडौं । चार महिनाअघि दरबारमार्गको होटल ल्याण्डमार्कमा भएको सामूहिक बलात्कार काण्डका फरार ३ जना प्रतिवादीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा डिफ्यूजन नोटिस जारी भएको छ ।
यसअघि गत माघ पहिलो साता होटल ल्याण्डमार्कमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी थिइन् ।
प्रकरणमा संलग्न अन्य प्रतिवादीहरु विकास गौतम, दिपक श्रेष्ठ र रवी पौडेलको नाममा डिफ्यूजन नोटिस जारी भएको काठमाडौं प्रहरी परिसरले जनाएको हो । उनीहरुलाई फरार प्रतिवादी बनाएरै मुद्दा दायर गरिएको थियो ।
प्रकरणका मुख्य अभियुक्त पीडित युवतीका प्रेमी शैलेश कार्कीलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश अदालतले दिइसकेको छ ।
कार्कीलाई केन्द्रीय कारागार, सुन्धारामा पठाइएको थियो ।
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4