+
+

डेनी डेन्जोङ्पाः साइनोदेखि बाइस्कोपवालासम्म 

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ १९ गते ८:५०

‘हम खतरों को पालते नहीं, खत्म कर देते हैं’

कुटिल र क्रुध्द भावभंगीमाका साथ गहिकिलो आवाजमा मुटु थर्काउने डायलग बोल्ने डेनी डेन्जोङ्पाले नेपालीमा चाहि रोमान्टिक गीत गाइदिए, ‘कान्छीलाई घुमाउने काठमाडौं शहर ।’

बलिउडमा ‘खुंखार भिलेन’को छवी बनाएका डेनी जेन्जोङ्पाले करियरको पूवार्द्धमा गीत गाए । उनकै गीतमा नेपाली समाजले लामो समय मनोरञ्जन लिए । ‘आगे आगे तोपैको गोला’, ‘हिउँ भन्दा चिसो’ जस्ता गीत घन्काएका उनी हालैमात्र नयाँ फिल्म ‘बाइस्कोपवाला’मा देखिएका छन् ।

रवीन्द्रनाथ टैगोरको कथा ‘काबुलीवाला’मा आधारित यो फिल्ममा डेनीसँगै नेपाली मुलकी अर्की अभिनेत्री गिताञ्जली थापाले अभिनय गरेकी छिन् । फिल्म ‘बाइस्कोपवाला’बाट डेनीले आफ्नो आयमिक छवीलाई थप उजागर गरेका छन् ।

नेपाली गायक, बलिउडका भिलेन

 

त्यसो त डेनी भिलेन मात्र होइन, गायक पनि हुन् । उनले लता मंगेशकर, आशा भोस्ले, मोहम्मद रफी जस्ता दिग्गज गायक/गायिकासँग गीत गाए । गीत-संगीतको पाटो आफ्नो ठाउँमा छ । खासमा डेनीको सर्वव्यापी चिनारी भनेको बलिउडका ‘भिलेन’ नै हो । सिक्किममा जन्मिएका उनी नेपाली मुलका यस्ता अभिनेता हुन्, जसले बलिउडमा आफुलाई अब्बल दर्जाको अभिनेतामा स्थापित गरे ।

‘आगे आगे तोपैको गोला’, ‘हिउँ भन्दा चिसो’ जस्ता गीत घन्काएका उनी हालैमात्र नयाँ फिल्म ‘बाइस्कोपवाला’मा देखिएका छन्

डेनी, जसलाई सम्झनका लागि हामी फिल्म ‘साइनो’को पनि प्रसंग कोट्याउन सक्छौं । उनकै भान्जा उगेन छोपेलले निर्देशन गरेको फिल्म ‘साइनो’को ह्याङओभर अहिलेपनि नेपाली सिनेवृत्तमा छ । उक्त फिल्मको ‘सुन कथा एउटा गीत’ अहिलेको पुस्ताले समेत गुनगुनाइरहेका छन्, जसमा डेनीलाई फिचरिङ गराइएको छ ।

नेपाली, हिन्दीसँगै तेलुगु र तमिल फिल्ममा समेत काम गरिसकेका डेनीले कालन्तरमा हलिउडका विख्यात अभिनेता ब्राड पिटसँग पनि अभिनय गरे । उनले बलिउडमा लज्जा, १९४२ ए लभ स्टोरी, सनम बेवफा,  ये मोहबत है, सिलसिला है प्यारका लगायत सैयौं फिल्ममा अभिनय गरेका छन् । र, अधिकांशमा भिलेन बनेका छन् । डरलाग्दो भिलेन ।

बलिउड प्रवेश

डेनीले ‘जरुररत’ बाट बलिउड डेब्यु गरे । ‘मेरे अपने में’मा उनले सकारात्मक भूमिका गरेका थिए । तर, त्यसअघि ‘धुंध’मा निर्वाह गरेको नकारात्मक भूमिकालाई बढी रुचाइयो । उनको अभिनयलाई धेरैले तारिफ गरे । त्यसपछि भने उनी ‘भिलेन’कै रुपमा छाए । फिल्म ‘घातक’मा उनले निर्वाह गरेका ‘कात्या’को भूमिकालाई अहिले पनि सम्झने गरिन्छ ।

यहाँ डेनीसँग जोडिएका रोचक तथ्य प्रस्तुत गरिएको छ ।

सिक्किमे डेनी

डेनी सिक्किममा जन्मिएका हुन्, १९४८ फेब्रुअरी २५ मा । सिक्किमको हुनेखाने घरानामा जन्मिएका उनको खास नाम अर्कै थियो । डेनीको खास नाम छिरिङ फिन्टसो डेन्जोङ्पा हो । उनको सुरुवाती पढाई सिक्किमै भयो । त्यसपछि उनले बिरला विद्या मन्दिर र सेन्ट जोसेफ कलेज, दार्जिलिङबाट पढाई पुरा गरे । पछि उनले फिल्म एन्ड टेलिभिनज इन्स्िटच्युट अफ इन्डिया, पुणेबाट अभिनय सिके ।

फिल्ममा आउनुअघि डेनी इन्डियन आर्मीमा भर्ना हुनेवाला थिए । तर, उनकी आमाले असहमति जनाएपछि उनी फिल्मी दुनियामा आए ।

डेनीको बिहे गावा डेन्जोङ्पासँग भयो । उनको दुई छोराछोरी छन्, रिनजिङ र पेमा ।

जय बच्चनले राखिदिएको नाम डेनी

डेनीले लगभग दुई सय फिल्ममा काम गरे । ‘अग्निपथ’, ‘हम’, ‘खुदा गवाह’, ‘सनम बेवफा’, घातक’ फिल्ममा उनले गरेको दमदार अभिनयलाई अहिले पनि सम्झने गरिन्छ ।

जतिबेला डेनी बलिउडमा संघर्ष गरिरहेका थिए, त्यसबेला उनीसँगै जय बच्चन पनि एउटै मन्चमा अभिनय सिकिरहेकी थिइन् । नेशनल स्कुल अफ ड्रामाको जमानामा जया बच्चन, असरानी र डेनी एकसाथ अभिनय सिक्ने गर्थे ।

त्यसबेला जयाले डेनीको पुरानो नाम उच्चाहरण गर्न अप्ठ्यारो भएकाले ‘डेनी’ नाम जुराइदिएकी थिइन् । बलिउडमा उनी यही नाममा चर्चित भए । अभिनेत्री जया बच्च्नले डेनीको बारेमा भनेकी थिइन्, ‘डेनी एकदमै राम्रो मानिस हुन् । जबकी उनी स्त्रिmनमा निकै भयानक व्यक्तिको भूमिकामा देखिन्छन् । यो निकै रोचक कुरा हो ।’

अमिताभको बास्केटबल खेल्ने साथी

डेनी अभिनेता मात्र होइनन्, गायक पनि हुन् । गायक मात्र होइनन्, टेबल टेनिस खेलाडी पनि हुन् । साथसाथै उनी राम्रा बासुरी बादक पनि हुन् । एक समय उनी अमिताभ बच्चनसँग खुब टेनिस खेल्थे । कति फिल्ममा उनीहरु एकसाथ देखिएका छन् ।

सोलेका ‘गब्बर सिंह’मा डेनीलाई अफर

अहिलेपनि एउटा नेपाली पुस्ता बलिउड फिल्म ‘सोले’को ह्याङओभरबाट मुक्त भइसकेका छैनन् । उनीहरुले यो फिल्मको एक-एक डायलग कण्ठ गरेका छन् । सोलेको सबैभन्दा समझनलायक भूमिका हो, गब्बर सिंह । डरलाग्दा यी भिलेनको रोल अमजद खानले निर्वाह गरेका छन् । जबकी निर्देशकले गब्बर सिंहको भूमिका डेनीका लागि दिने भनेका थिए । डेनीको डेट नमिलेपछि उक्त अफर अमजद खानलाई गएको थियो ।

चर्चामा आउन नचाहने

कलाकार भनेपछि चर्चाको भोको हुन्छन् भनिन्छ । अझ के पनि भनिन्छ भने, नाम होस् बदनाम होस् तर गुमनाम नहोस् ।

यद्यपी डेनीको हकमा यस्तो भएन । उनी यस्ता चर्चाबाट टाडै रहन चाहे । उनलाई चर्चामा आउन त्यती रुची छैन । त्यही कारण उनी सधै मिडियासँग दुरी कायम राख्छन् ।

अनुशासित डेनी

अभिनेत्री जया बच्चनले भनेकी थिइन्, ‘डेनी एक राम्रो मानिस हुन् ।’ अफस्त्रिmन छवी शान्त, भद्र, इमान्दार छ, डेनीको । साथसाथै उनी अनुशासित दिनचर्यामा आफुलाई डोहोर्‍याउँछन् । बिहान पाँच बजे उठ्छन् । व्यायाम गर्छन् । योग गर्छन् । आफ्नो दिनचर्यालाई आनुशासित ढंगले जिउँछन् ।

परबीन बाबीसँगको रहस्यमयी सम्बन्ध

परबीन बाबीको रहस्यमय मृत्युको प्रसंगले अहिले पनि बलिउड तताउने गर्छ । उनले जीवनका आखिरी दिन निकै कष्टपूर्वक विताएकी थिइन् । र, उनको मृत्यु एकदमै दुखदायी ढंगले भएको थियो ।

उनै परबीन बाबीसँग डेनी डेन्जोङ्पाको अफेयर थियो । उनीहरु लिभ इन रिलेसनमा समेत रहेका थिए । त्यसबेला यो विषयले निकै चर्चा पाएको थियो । डेनीसँगको सम्बन्ध टुटेपछि कबीर बेदी र महेश भट्टसँग सम्बन्ध बनाइन् ।

खासमा परबीनले नै डेनीसँग सम्बन्ध बिगारेको एक अन्र्तवार्तामा डेनीले बताएका छन् । रमाइलो त के भने, परबीन र डेनीको सम्बन्धमा चिसोपन ल्याउने कारण बनेका थिए, अमिताभ बच्चन ।

अमिताभको अन्र्तवार्तामा ‘डेनी मेरो राम्रा साथी हुन्’ भन्ने पढेपछि परबीनले आफुसँगको सम्बन्ध तोडेको डेनीले बताउँने गरेका छन् ।

पुरस्कार र सम्मान

सन् २००३ मा डेनी पद्य श्री सम्ममानबाट सम्मानित भए । सपोर्टिङ रोलका लागि डेनीले फिल्म ‘सनम बेवफा’ र ‘खुदा गवाह’का लागि फिल्मफेयर अवार्ड पाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?