+
+

फेसबुकसँग किन नाता तोड्दैछन् अमेरिकी किशोर किशोरी ?

अनलाइनखबर अनलाइनखबर
२०७५ जेठ २० गते १२:२५

सोसल मिडिया साइट फेसबुकसँग अमेरिकी किशोर किशोरीहरुको दूरी बढ्न थालेको छ । जसका कारण अमेरिकी किशोरवर्गमा फेसबुकका अलावा अन्य सोसल प्लेटफर्म लोकप्रिय हुँदैछन् ।

द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्ष उमेरका अमेरिकी किशोर किशोरीहरुमध्ये केवल ५१ प्रतिशतले मात्र फेसबुक चलाउँछन् । जबकी सन् २०१५ मा यो उमेर समूहका ७१ प्रतिशत किशोर किशोरीले फेसबुक प्रयोग गर्दथे ।

रिपोर्ट अनुसार अमेरिकी किशोर किशोरीहरुमा सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लेटफर्म युट्युब हो । ८५ प्रतिशत किशोर किशोरीले युट्युब चलाउँदछन् ।

दोश्रो लोकप्रिय सोसल मिडिया प्लेटफर्मको रुपमा इन्स्टाग्राम रहेको छ । इन्स्टाग्राम चलाउने किशोर किशोरीहरु ७२ प्रतिशत छन् भने स्न्यापच्याट ६९ प्रतिशतका साथ तेश्रो स्थानमा रहेको छ ।

अमेरिकी किशोर किशोरीबीच लोकप्रियताको हिसाबले चौथोमा फेसबुक, पाचौमा ट्विटर, छैटौँ मा टम्बलर तथा साताैं स्थानमा रेडिट रहेका छन् ।

कुनै समय सबैभन्दा धेरै लोकप्रिय रहेको ट्विटर अहिले पाँचौ स्थानमा छ र केवल ३२ प्रतिशत किशोर किशोरीले मात्र ट्विटर चलाउँदछन्।

प्यू रिसर्च सेन्टरको सर्भेमा सहभागी गराइएका केवल १० प्रतिशत किशोर किशोरीले मात्र आफुले अन्य कुनै सोसल मिडियाको तुलनामा फेसबुक धेरै चलाउने गरेको बताए ।

मार्क जुकरबर्ग फेसबुक सँगै इन्स्टाग्रामका पनि मालिक हुन् र सोही कारण क्यालिफोर्नियास्थित उनको कम्पनीले अहिलेपनि उत्कृष्ट व्यापार गरिरहेको छ ।

तर, यो प्रष्ट छ की युट्युब तथा ट्विटरको स्वामित्व रहेको कम्पनी गुगलले किशोर किशोरीहरुबीच आफ्नो पकड मजबुत पार्दै लगेको छ ।

तथ्यांक अनुसार तिन वर्ष पहिले केवल ७३ प्रतिशत अमेरिकी युवावर्गसँग स्मार्टफोन थियो । जबकी यो अहिले ९५ प्रतिशतमा पुगेको छ ।

अध्ययनले अर्को रोचक कुरा के पनि देखाएको छ भने धेरै आयआर्जन भएको परिवारका किशोर किशोरीको तुलनामा कम आयआर्जन भएका परिवारका किशोरकिशोरीहरुले फेसबुकमा धेरै समय बिताउने गरेका छन् ।

जीवनमा प्रभाव

किशोर किशोरीहरुको जिवनमा सोसल नेटवर्कको प्रयोगले के प्रभाव पार्दछ ? भन्ने कुराको प्रष्ट जवाफ प्यू रिसर्च सेन्टरको पछिल्लो अध्ययनले फेला पार्न सकेन ।

३१ प्रतिशत मानिसहरु सोसल मिडिया साइटहरुको प्रयोगले जिवनमा सकारात्मक प्रभाव पार्ने बताएका छन् । जबकी २४ प्रतिशतले चाहीँ यसका नकारात्मक असर हुने बताउँदछन् । यद्यपि ४५ प्रतिशत मानिसको धारणा छ की सोसल मिडियाले किशोर किशोरीहरुमा न त सकारात्मक असर पार्दछ न त नकारात्मक असर नै । बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?