बिहे गरेर भारतमा बस्दै आएकी नायिका विपना थापा यतिबेला नेपालमा छिन् । मिडिया इन्टरभ्यूदेखि चलचित्रकर्मीसँग भेटघाटमा उनको व्यस्तता देखिएको छ ।
उनी शनिबार बेलुकी कलाकार अनुपम श्रेष्ठको जन्मदिनको समारोहमा पुगिन् । सो कार्यक्रममा नायिका रेखा थापा, करिश्मा मानन्धरलगायत पनि थिए ।
रेखा र विपनाको बोन्डिङ भने गज्जबको देखियो । उनीहरुले चलचित्र ‘मितिनी’मा एकसाथ काम गरेका थिए । दुबैले यो चलचित्रको शिर्ष गीत गाएर रमाइलो गरे ।
यति मात्र होइन, रेखाले विपनालाई आफ्नो अभिभावक भन्दै उनको प्रशंसा गरिन् । रेखाले भनिन्-‘विपना दिदी त मेरो अभिभावक हुनुहुन्छ । उहाँले मेरो भित्री बस्त्रसमेत किनिदिनुहुन्थ्यो । मलाई भित्री बस्त्र किन्न आउँदैनथ्यो ।’
रेखाले यसो भन्दै गर्दा विपनाले मुन्टो हल्लाएर सहमती जनाइन् । तर, लाजले भुतुक्कै भइन् । दुबै हातले अनुहार छोप्दै विपनाले रेखाको कुराले लाज लागेको छनक दिएकी थिइन् ।
प्रतिक्रिया 4