२७ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघले अाइतबार सरकारबिरूद्ध प्रदर्शन गरेको छ । पेट्रोलियम पदार्थ लगायत उपभोग्य बस्तुमा भएको मूल्य बृद्धिको बिरोधमा नेविसंघले भृकुटी मण्डपबाट बिरोध प्रदर्शन गरेको हो ।
प्रदर्शन गर्दै विद्यार्थीहरू त्रिचन्द्र कलेज लगायतका ठाउँमा पुगेका थिए । उनीहरूले मूल्य बृद्धि फिर्ता गर्नु पर्नेपर्ने, लोककल्याणकारी राज्य व्यवस्था कायम गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।
यसअघि नेविसंघले अर्धनग्न प्रदर्शन र प्रधानमन्त्रीको पुत्ला दहन लगायतका कार्यक्रम गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4