
३० वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघले व्यवसायिक योजनासहित स्टार्टअपका लागि दर्ता आह्वान गरेको छ ।
प्रविधि, दिगो विकास, स्वास्थ्य सेवामा आधारित भएका स्टार्टअपलाई योजनासहित प्रस्ताव माग गरिएको हो ।
प्राप्त प्रस्तावहरु मध्येबाट छानिएकाहरुलाई कम्पनी दर्ता, उद्योगी, विशेषज्ञहरुसँग छलफलका लागि समन्वय नेविसंघले गरिदिने छ ।
साथै, स्टार्टअपका लागि लगानी खोज्नका लागि लगानीकर्तासँग समन्वय पनि नेविसंघले गरिदिने भएको छ ।
नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार प्रस्ताव आएकाबाट ५१ वटा स्टार्टअप छनोट गरिने छ ।
स्टार्टअप दर्ताका लागि मे ३१ सम्मको अवधि तोकिएको छ । सेजुवालले भने,‘आवेदकहरुलाई उद्यमशीलताका समस्या समाधान गर्ने बनाउन कार्यशाला र प्रशिक्षण सत्र सञ्चालन गरिने छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4