७ असार, काठमाडौं । सुन तस्करीबारे अनुसन्धान गरिरहेको विशेष समितिले व्यवसायी विमल पोद्दारको अपार्टमेन्टमा छापा मारेको छ ।
समितिले बिहीबार दिउँसो डिल्ली बजारमा रहेको उनको अपार्टमेन्टमा छापा मारेको हो । समितिले उनलाई मंगलबार साँझ पक्राउ गरेर बुधबार बयान लिएको थियो ।
बयानपछि उनको अपार्टमेन्टमा छापा मारिएको बताइएको छ । पोद्दार व्यवसायी दिपक महलोत्राका व्यवसायिक साझेदार हुन् ।
समितिले यसअघि उर्लाबारीका सनम शाक्यको हत्या र साढे ३३ केजी सुन गायब प्रकरणको अनुसन्धानपछि जिल्ला अदालत, मोरङमा ६३ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
हाल नेपाल प्रहरीका पूर्व डिआईजी गोविन्द निरौला, एसएसपी श्याम खत्री, दिवेश लोहनी, एसपी विकासराज खनालसहित अन्य पुर्पक्षका लागि थुनामा छन् ।
यो पनि पढ्नुस्
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4