+
+

रचनात्मक काममा सरकारलाई सहयोग गर्न तयार छौंः गच्छदार

रासस रासस
२०७५ असार ३२ गते ७:५८
फाइल फोटो

३२ असार, इनरुवा । नेपाली कांंग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताएका छन् ।

सुनसरीको बर्जु गाउँपालिकाको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको बताएका हुन् ।

उनले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाए ।

उनले फरक प्रसंगमा मुलुकमा धेरै पार्टी नरहने दाबी गर्दै नेकपा र नेपाली काँग्रेस मात्र रहने जिकिर गरे। उनले सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको पनि दाबी गरे ।

कार्यक्रममा बर्जू गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि ३६ करोड, ६६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष राघुनन्दन चौधरीले कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका शीर्षकमा विनियोजित बजेट सार्वजनिक गरे ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?