+
+

पूँजी बजार संघको अध्यक्षमा पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन २ गते १७:०९

२ साउन, काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघको अध्यक्षमा राधा पोखरेल चयन भएकी छिन् । बुधबार बसेको संघको पूर्ण बैठकले अध्यक्ष नबराज सुवेदीलाई पदबाट हटाएर पोरखेललाई अध्यक्ष चयन गरेको हो ।

अध्यक्षमा चयन भएसँगै पोखरेल पूँजी बजार संघको नेतृत्व लिने पहिलो महिला समेत बनेकी छिन् ।

संघका अध्यक्ष रहेका सुवदीले संघलाई आघात पुग्ने गरी आफूखुसी सामाजिक सञ्जालमा अभिव्यक्ति दिएको तथा स्वेच्छाचारी ढंगले वक्तव्य निकाल्ने गरेको भन्दै पदबाट हटाइएको बताइएको छ । सुवेदीलाई संघको साधारण सदस्य समेत नरहने गरी निस्काशन गरिएको अध्यक्ष पोखरेलले जानकारी दिईन् ।

बैठकले उपाध्यक्षमा राजु पौडेल, महासचिवमा एसपी चौलागाईं, सचिवमा एनबी थापा र कोषाध्यक्षमा कल्पना शर्मालाई नियुक्त गरेको छ । यसैगरी सदस्यहरुमा आविस्कार घिमिरे र वाईपी दाहाललाई चयन गरिएको पोखरेलले जानकारी दिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?