
काठमाडौं । नेपालका लागि हुन्डाई गाडीको एक मात्र आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘हुन्डाई हाइवे एस्सुरेन्स : केयर फ्री राइड टु होम’ अभियान सञ्चालन गर्ने भएको छ ।
दशैं, तिहार र छठ पर्वमा घर जाने ग्राहकको यात्रालाई सुरक्षित र झन्झटरहित बनाउने उद्देश्यसहित यो योजना सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ ।
यो योजना २२-२५ असोज बिहान १० बजेसम्म लागु हुने कम्पनीले जनाएको छ । यस योजना अन्तर्गत प्रमुख्य राजमार्गका विभिन्न ९ स्थानमा निःशुल्क सवारी जाँच सेवा उपलब्ध हुनेछ ।
हेटौंडा, जनकपुर, दमक, विर्तामोड, गजुरी, भरतपुर, बुटवल, बाँके र कैलाली लगायत राजमार्गका चेक पोइन्टहरूमा दक्ष प्राविधिकले निःशुल्क सवारी जाँच सेवा दिने कम्पनीले जनाएको छ ।
कम्पनीले सवारी जाँचसँगै गाडीलाई चाहिने लुब्रिकेन्ट र कुलेंट आवश्यक मात्रामा निःशुल्क प्रदान गर्नेछ । विद्युतीय सवारीसाधनका लागि पोर्टेबल डीसी चार्जरहरू पनि उपलब्ध हुनेछन् ।
चाडपर्वमा ग्राहकलाई सवारीसाधनको कुनै पनि चिन्ताबाट मुक्त गराउनु यस अभियानको उद्देश्य रहेको कम्पनीको भनाइ छ ।
प्रतिक्रिया 4