+
+

केसीको माग पूरा नभएसम्म कांग्रेस सडकमै हुन्छ : नेता लेखक

अनलाइनखबर अनलाइनखबर
२०७५ साउन ७ गते १३:०४

७ साउन, विराटनगर । नेपाली कांग्रेसका नेता रमेश लेखकले डा गोविन्द केसीको माग पूरा नभएसम्म कांग्रेसले सडक आन्दोलन नरोक्ने बताएका छन् ।

उनले केसीको मागप्रति सरकार संवेदनशील नभएकै कारण कांग्रेस सडकमा आउन वाध्य भएको पनि बताए ।

नेपाल प्रेस युनियन मोरङले विराटनगरमा सोमबार गरेको पत्रकार सम्मेलनमा उनले भने ‘करिब तीन सातादेखि डा केसी आमरण अनसनमा छन्,तर डा केसीको मुद्धाप्रति सरकार संवेदनशील देखिन्न, सरकारको कारण काग्रेस यतिखेर सडकमा आउनुपारेको छ ।’

नेता लेखकले डा केसीले उठाएको माग उनको व्यक्तिगत नभएर आम नेपाली जनताको साझा मुद्दा भएकाले जनताको मागलाई सरकारले सम्वोधन गर्न आवश्य रहेको बताए ।

पूर्वमन्त्री लेखकले डा केसीको मागप्रति समर्थन जनाउँदै कांग्रेस सडक आन्दोलनमा आउदा आन्दोलनलाई वेठीक भनेर टिप्पणी गर्न नहुने पनि भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?