७ साउन, काठमाडौं । सानिमा बंैकले महिला ग्राहकहरुका लागि विशेष उपहार योजना ल्याएको छ । बैंकले आफ्नो जुनसुकै शाखाबाट साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकहरुलाई विशेष उपहार दिने बताएको हो ।
यो योजना साउन महिना भरी चल्ने बैंकले जनाएको छ । विशेष उपहार भने पनि के उपहार दिने भन्ने विषय बैंकले खुलाएको छैन ।
यस बैंकले निम्न आर्थिक अवस्था भएका महिलाहरुलाई पाटन अस्पतालसँगको सहकार्यमा उपचारका लागि प्रति व्यक्ति २० हजार रुपैयाँसम्म सहयोग गर्दै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4