Comments Add Comment

रिलायन्स लाइफ इन्स्योरेन्सको ५ शाखा उद्घाटन


३० साउन, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले काठमाडौँको चाबहिल, कलंकी, महाराजगञ्ज, भक्तपुरको च्यामासिंह र काभ्रेपलाञ्चोक को बनेपा गरी ५ वटा शाखाको उद्घाटन सम्पन्न गरेको छ ।

सो श्ााखाहरुको उद्घाटन कम्पनीका अध्यक्ष तारा चन्द केडियाका साथै कलंकीमा कामनपा वडां न १४ का वडाध्यक्ष शोभा सापकोटा, चाबहिलमा कामनपा वडां न ७ का वडाध्यक्ष शुद्ध कुमार डंगोल, महाराजगञ्जमा नेपाल पुर्नबीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी, भक्तपुरको च्यामासिंहमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति र काभ्रेपलाञ्चोकको बनेपामा काभ्रेपलाञ्चोक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धरले संयुक्त रुपमा उद्घाटन गरे ।

उद्घाटन समारोहमा कम्पनीका संचालक भरतकुमार तोदी, प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नायबकार्यकारी प्रमुख निराजन कंडेल, कम्पनीका पदाधिकारी र स्थानिय बासिन्दाको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment