५ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (मंगलबार) गोबर ग्यासको उद्घाटन गर्न विराटनगर जाँदै छन् ।
विराटनगर महानगरपालिका-१४ स्थित श्रीकृष्ण गौशालामा गाईको गोबर संकलन गरी उत्पादन गरिएको वायोग्यासको आज (मंगलबार) उद्घाटन गर्न लागिएको हो ।
तत्कालीन जिल्ला विकास समितिअन्तर्गत वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रले गौशालामा ८४ लाखमा ग्यास उत्पादन गरेको हो । उक्त ग्यास पहिलो चरणमा स्थानीयका ३५ घरमा जडान गरिएको छ ।
ग्यास उत्पादनका लागि गौशाला परिसरमा तीन सय घनमिटर प्लान्ट जडान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4