+
+

प्रमुख निर्वाचन आयुक्तको विभूषण खोसियो !

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ५ गते १२:३०


५ भदौ, काठमाडौं । सरकारले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवलाई दिएको प्रसिद्ध प्रवल जनसेवाश्री विभूषण खोसेको छ ।

गणतन्त्र दिवस २०७४ को अवसरमा घोषणा भएको विभूषणहरुमा यादवसँगै ८ जनालाई प्रसिद्ध प्रवल जनसेवाश्री दिइने उल्लेख थियो ।  १४ साउन २०७५ मा बसेको मन्त्रिपरिषद् बैठकले विभूषण पाउनेहरुको नाम र क्रम संशोधन गरेको छ ।

गृह मन्त्रालयको प्रस्तावमा यो संशोधन भएको हो । आफ्नो प्रस्ताव मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि गृह मन्त्रालयले २९ साउनमा विभूषण पाउनेहरुको सूची सार्वजनिक गरेको छ । तर, त्यसमा प्रमुख निर्वाचन आयुक्तको नाम छैन ।

प्रसिद्ध प्रवल जनसेवाश्री पाउनेहरुमा ७ जनाको मात्र नाम छ । जबकि घोषणा हुँदा प्रमुख निर्वाचन आयुक्त यादवको नाम ८ जना थिए र यादवको नाम पाँचौं नम्बरमा थियो ।

प्रमुख आयुक्त यादवले भने आश्चर्य प्रकट गरे । विभूषण पाउनेहरुको सूचीमा तपाईंको नाम त काटिएछ नि भन्ने प्रश्नमा उनले भने, ‘मेरो नाम त थियो । काटिएछ ?’

घोषणा हुँदा नाम भएको तर, अहिले काटिएकोबारे आफूलाई कुनै जानकारी नभएको यादवले बताए ।

विभुषण पाउनेहरुलाई भदौ १९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले विभुषित गर्ने कार्यक्रम छ । यसका लागि १७ गतेभित्र प्रवेश पत्र लिन गृह मन्त्रालयले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?