+
+

गगन थापाको प्रश्न : शिक्षा नि:शुल्क गर्न सरकारसँग बजेट कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ ११ गते १३:३४

११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले हतारोमा विधेयक नल्याउन सरकारलाई आग्रह गरेका छन् ।

सरकारले ल्याएको ‘अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयक, २०७५’ माथि सोमबार काठमाडौंमा आयोजित सरोकारवालाहरुसँगको सामूहिक छलफलमा उनले थुप्रै कुरा छुट्ने भएकाले हतारोमा विधेयक नल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

उनले अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्नुअघि राज्यसँग लगानी गर्ने क्षमता कति छ भनी विश्लेषण गर्न पनि सरकारलाई सचेत गराए । सरकारले ल्याएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकमा कक्षा ८ सम्मको शिक्षालाई निःशुल्क गर्ने प्रावधान राखिएको छ । नेता थापाले बजेट नहेरी हचुवाको भरमा निःशुल्क शिक्षाको घोषणा गर्ने काम सरकारले गर्न नहुने पनि स्पष्ट पारे ।

थापाले सार्वजनिक शिक्षालाई सुधार गर्दै अघि बढाउने नीति लिन पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । सार्वजनिक शिक्षालाई बलियो बनाएर मात्रै सबै नागरिकलाई निःशुल्क शिक्षा दिने व्यवस्थालाई सरकारले लागू गराउन सक्ने नेता थापाको तर्क छ ।

पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका थापाले शिक्षालाई संवैधानिक व्यवस्था अनुसार मौलिक हकको रुपमा स्थापित गराउन व्यापक छलफलको आवश्यकता पनि औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?