+
+

सांसद अधिकारीको प्रश्न : पत्रकारलाई हत्कडी किन लगाएको ?

अनलाइनखबर अनलाइनखबर
२०७५ भदौ २६ गते १५:०२

२६ भदौ, काठमाडौं । राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले सरकारले पत्रकारलाई हत्कडी लगाएर निरंकुश हुने संकेत देखाएको बताएका छन् ।

मुलुकी अपराध संहिता र गोपनीयताको हकसम्बन्धी विधेयकको व्यवस्थाका कारण सञ्चार जगतले सरकार निरंकुश हुन खोजेको आशंका गरिरहेका बेला पत्रकार पक्राउ गरेर सरकारले त्यो आशंकालाई पुष्टि गर्न लागेको उनले बताए ।

मंगलबार राष्ट्रियसभामा बोल्दै उनले खोजतलास डट कमका पत्रकार राजु बस्नेतलाई पक्राउ गर्नुले बाघ कराउनु र बाख्रा हराउनुजस्तो भएको बताए ।

‘एकातिर सञ्चार जगतले सरकार निरंकुश हुन लाग्यो, सरकारले अभिव्यक्ति स्वतन्त्रतामाथि लगाम लगाउन खोदैछ भनिरहने अर्कोतिर पत्रकार पक्राउ परिहनु’ उनले भने ‘कतै उनीहरुले भनेका कुरा जायज हुँदै त गइरहेको छैन, भन्ने कुरा यहाँ आइरहेको छ ।’

पत्रकारले कुनै व्यक्तिको विषयमा गलत कुरा लेखे पनि गाली बेइज्जती ऐन अन्तर्गत पीडित व्यक्ति अदालत जान पाउने भए पनि यसमा राज्य नै लाग्न पाउने कि नपाउने भन्ने प्रश्न उठेको सांसद अधिकारीले बताए ।

‘म सांसद भएँ, मेरा बारेमा कुनै कुरा (मैले गरेको होस् वा नहोस्) लेखियो भने गाली बेइज्जती अन्तर्गत हामी (कानूनी उपचारमा) जान पाउँछौं, तर त्यसमा राज्य लाग्न पाउने कि नपाउने ?’ सांसद अधिकारीले प्रश्न गरे, ‘तिनलाई हत्कडी लगाएर थुन्नैपर्ने हो कि होइन ?’

अपराध संहितामा लेखिएका विषयले सरकारले चाहृयो भने नियतवश अभिव्यक्ति स्वतन्त्रता अपहरण गर्न सक्छ भनी पत्रकारले उठाएको विषय जायज देखिएको उनले बताए ।

सांसद अधिकारीले कञ्चनपुरमा निर्मला पन्तको हत्यालगायत महिला हिंसाको विषयमा सरकारले राष्ट्रियसभामा जवाफ नदिएको भन्दै रुलिङ गर्न अध्यक्षलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?