+
+

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयन समिति गठन

अनलाइनखबर अनलाइनखबर
२०७५ असोज १ गते १५:४८

१ असोज, काठमाडौं । राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कनका लागि संसदीय समिति गठन गरिएको छ ।

नेपालको संविधानको धारा ५४ एवं सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम (२) बामोजिम समिति गठन गरिएको हो ।

समिति सदस्यमा प्रतिनिधिसभाबाट अनिलकुमार झा, गणेश ठगुन्ना, प्रभु साह, भीमबहादुर रावल, डा मीनेन्द्रप्रसाद रिजाल, लक्ष्मी परियार, खेम लोहनी, दुर्गा पौडेल, पम्फा भुसाल, निरादेवी जैरु र देवप्रसाद तिमल्सिना रहेका छन् ।

समितिमा चार सदस्यले राष्ट्रियसभाबाट प्रतिनिधित्व गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?