बलिउडमा यतिबेला ‘मि टु’ अभियान खुबै चलिरहेको छ । १० बर्ष अगाडि एउटा चलचित्रको छायांकनको क्रममा नायक नाना पाटेकरले आफूलाई यौन दुर्व्यवहार गरेको भन्दै मुख खोलेपछि अन्य केही नायिकाहरु पनि यो बिषयमा अगाडि सरेका हुन् । तर, बलिउडमा अहिले यो अभियान फितलो हुन थालेको छ । यसको मुख्यकारण, यसले गहन प्रभाव पार्न भन्दा पनि एक अर्काप्रति आरोप मात्र लाग्न थालेको देखिन्छ ।
यो अभियानबारे बलिउडकी चर्चित आइटम गर्ल मलाइका अरोरा खानले मुख खोलेकी छिन् । उनले भारतीय मिडियासँग भनेकी छिन्-‘मलाई यो अभियानले त्यस्तो परिवर्तन आएको छ भन्ने लाग्दैन । मैले मानिसहरुको कुरा सुनिरहेको छु । मानिसहरु यसबाट परिवर्तन चाहने भन्दा पनि हल्ला बढि गरिरहेका छन् ।’
मलाइकाले भनेकी छिन्-‘यदि हामी मनोरञ्जन दुनियाँको कुरा गर्दैछौ भने यहाँ धेरै कुरा देखिएको छ । मानिसहरु कुरा त गरिरहेका छन् । तर, यो अभियान सफल बनाउनका लागि मानिसहरुको सोचमा परिवर्तन आवश्यक छ । यो परिवर्तन रातारात हुन्छ भन्ने मलाई लाग्दैनँ ।’
प्रतिक्रिया 4