+
+

उपमेयर गुरुङ गोर्खाली ताराबाट सम्मानित

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ६ गते ११:५१

६ मंसिर, पोखरा । पोखरा महानगरपालिकाका उप–मेयर मन्जुदेवी गुरुङ गोर्खाली तारा २०७५ बाट सम्मानित भएकी छन् । गोर्खाली समुदायद्वारा सञ्चालित गोर्खा एण्ड बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लि.को सातौं बार्षिकोत्सवको अवसरमा उपमेयर गुरुङलाई उक्त अवार्डबाट सम्मान गरिएको हो ।

कार्यक्रममा गण्डकी प्रदेशकी उप–सभामुख सृजना शर्मा, प्रदेश सांसद मीना गुरुङ, प्रा.लि.का अध्यक्ष हरिकुमार धमलालगायतले उपमेयर गुरुङलाई सम्मानपत्र, दोसला, फूल मालाको साथमा गोर्खा ताराको अवार्ड प्रदान गरी सम्मान गरेका हुन् । उनलाई शिक्षा, स्वास्थ्यका साथै महिला तथा बालबालिकाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको योगदानको कदर गर्दै सम्मान गरेको प्रालिले जनाएको छ । स्याङ्जा पञ्चमुल जन्म घर भई हाल पोखरा महानगरपालिका ८ मा बस्दै आएकी उपप्रमुख गुरुङ गोर्खाली परिवारकी सदस्य हुन् ।

यसअघि उक्त अवार्डबाट माया गुरुङ, धनसुबा गुरुङ, मैनाकुमारी गुरुङ, चन्द्रा गुरुङ, सावित्री गुरुङ र मीना गुरुङ सम्मानित भइसकेका छन् ।

त्यस्तै, गोर्खा बराह पत्रकारिता प्रोत्साहन पुरस्कार (गोल्ड मेडल)बाट पत्रकार दीननाथ बराल सम्मानित भएका छन् । पोखरामा विगत डेढ दशकदेखि पत्रकारिता गर्दै आएका बराललाई आर्थिक, सामाजिक, पर्यटनलगायतको क्षेत्रमा कलम चलाएर समाजमा योगदान गरेको भन्दै हौषला स्वरुप पुरस्कार प्रदान गरेको प्रालिले जनाएको छ ।

सम्मानित बराललाई गण्डकी प्रदेशका उप–सभामुख सृजना शर्माले गोल्ड मेडलको साथमा सम्मान पत्रले सम्मान गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?