+

ए डिभिजन लिगः थ्रीस्टार र एपीएफ भिड्दै

२०७५ मंसिर  १४ गते ७:३७ २०७५ मंसिर १४ गते ७:३७
ए डिभिजन लिगः थ्रीस्टार र एपीएफ भिड्दै

१४ मंसिर, काठमाडौं । शहिद स्मारक ए डिभिजन लिग फुटबलको पाँचौं चरणअन्तर्गत आज थ्रीस्टार र विभागीय टिम एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा २ बजेर ३० मिनेटमा एपीएफ क्लबविरुद्ध थ्रीस्टारले प्रतिस्पर्धा गर्न लागेको हो । दुवै टिम जितको खोजीमा छन् ।

एपीएफ क्लबलाई पराजित गर्दै थ्रीस्टार शीर्ष स्थानमा उक्लिने लक्ष्यमा रहेको छ । त्यस्तै, एपीएफ क्लब पनि थ्रीस्टारलाई पराजित गर्ने दाउँमा रहेको छ ।

चार खेलबाट तीन खेलमा जित र एक खेलमा हार ब्यहोर्दै ९ अंक बनाएको थ्रीस्टार लिगको चौथो स्थानमा रहेको छ । त्यस्तै, समान खेलबाट दुई खेलमा हार, एक खेलमा जित र एक खेलमा बराबरी खेलेको एपीएफ क्लब लिगको नवौं स्थानमा रहेको छ ।

त्यस्तै, आजै ११ बजे हुने खेलमा न्युरोड टिम (एनआरटी) क्लबले विभागीय टिम नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्दै छ । लिगको छैटौ स्थानमा रहेको पुलिसले लिगको पुछारमा रहेको एनआरटीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय