+

ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई न्युटन कप

२०८१ जेठ  १३ गते २१:०० २०८१ जेठ १३ गते २१:००
ग्रिनल्यान्ड र भ्याली पब्लिकलाई न्युटन कप

१३ जेठ, काठमाडौं । ग्रिनल्यान्ड र भ्याली पब्लिकले प्रथम न्युटन एसईई कप थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि आइतबार जितेका छन् । ग्रिनल्यान्ड ब्वाइज तथा भ्याली पब्लिक गर्ल्समा च्याम्पियन बनेका हुन् ।

बालुवाटारस्थित आयोजक न्युटन हाइस्कुलको कोर्टमा भएको ब्वाइज फाइनलमा ग्रिनल्यान्डले हुपर्सलाई १८–१२ ले हरायो । ग्रिनल्यान्डका सुरेश बिसीले ८ अंक जोडे । यस्तै गर्ल्सको फाइनलमा भ्याली पब्लिकले मेरिल्यान्डलाई १८–१६ ले हरायो । भ्याली पब्लिककी एन्जल गुप्ताले ७ स्कोर गरिन् ।

दुवै विधामा पहिलो हुनेले १० हजार र दोस्रोले ५ हजार रुपैयाँ नगद पुरस्कार हात पारे । उपाधि विजेता र उपविजेता टोलीका प्रत्येक खेलाडीले न्युटनमा प्लस टु अध्ययनका लागि शतप्रतिशत छात्रवृत्ति पनि पाए ।

उपाधि विजेता बाहेक नकआउट चरणमा पुग्ने र सहभागी टोलीका हरेक खेलाडीलाई पनि फरक फरक प्रतिशतमा छात्रवृत्तिको अवसर दिइएको छ । फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुरेश र एन्जल आ–आफ्नो विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा, प्याब्सनका केन्द्रीय उपाध्यक्ष थकिनकुमार गुरुङ, न्युटनका प्रिन्सिपल रामबहादुर केसी, न्युटनका कार्यकारी निर्देशक रमेश पन्थी, तारकेश्वर नगर प्याब्सनका अध्यक्ष धनबहादुर पुन र टोखा नगर प्याब्सनका अध्यक्ष टंककुमार चापागाईंले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

दुईदिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ गरी ४८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेको प्रतियोगिता संयोजक नारायण खवासले जनाएका छन् ।

खेलकुद ग्रिनल्याण्ड भ्याली पब्लिक
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय