+

एमेच्योर गल्फ च्याम्पियनसिप काठमाडौंमा हुने

२०८१ जेठ  १३ गते १९:५८ २०८१ जेठ १३ गते १९:५८
एमेच्योर गल्फ च्याम्पियनसिप काठमाडौंमा हुने

१३ जेठ, काठमाडौं । नेपाल गल्फ संघको आयोजनामा १० औं नेपाल एमेच्योर गल्फ च्याम्पियनसिप काठमाडौंमा हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् र नेपाल पर्यटन बोर्डको सहयोग रहने १० औं संस्करणको एमेच्योर गल्फ प्रतियोगिता मे २९ देखि ३१ सम्म हुने आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

नेपालमा हुन लागेको यो एमेच्योरको ठूलो प्रतियोगिता हो ।

तीनदिने प्रतियोगितामा पार ७२, काठमाडौंको गोकर्ण फरेस्ट गल्फ क्लबमा हुनेछ ।

प्रतियोगिता तीन दिनमा ५४ होलमा खेलाइने छ । प्रतियोगितामा नेपालसहित बंगलादेश, भुटान, भारत र श्रीलंका गरी पाँच देशका खेलाडीहरुको सहभागिता रहने छ ।

यस्तै महिलातर्फ छुट्टै प्रतियोगिता हुनेछ । जहाँ नेपालसहित भारत र श्रीलंका गरी तीन देशका गल्फरले खेल्नेछन् ।

प्रतियोगितामा पुरुष ४० र महिला १२ गरी कुल ५२ गल्फरले भाग लिनेछन् ।

प्रतियोगितामा महिला र पुरुष दुवैतर्फ ३६ होलपछि कट बनाउने खेलाडी अन्तिम चरणमा प्रवेश गर्नेछन् ।

यस्तै पुरुषतर्फ टिम इभेन्टमा पनि प्रतिस्पर्धा हुनेछ । जहाँ एक टिमले २ खेलाडी समावेश गर्न पाउनेछन् । आयोजकले भने दुई टिम राख्न पाउनेछ ।

नेपाल ए बाट सद्भाव आचार्य र ताशी छिरिङ, नेपाल बी बाट वाङचेन धोन्डुप र राहुल विश्वकर्मा, भारतबाट शत मिश्र र सुमित कोतवाल, भुटानबाट निम दोर्जी तामाङ र बंगलादेशबाट शाहव उद्दिन र एमडी अबुबकरले सिद्दिकले खेल्नेछन् ।

प्रतियोगितानलाई गोकर्ण फरेस्ट गल्फ रिसोर्ट र होटल रोयल सिंगीको पनि सहयोग रहेको छ ।

नेपाल एमेच्योर गल्फ च्याम्पियनसिप नेपाल गल्फ संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय