+

काठमाडौंलाई हराउँदै कर्णाली एनभीएलको फाइनलमा

२०८३ भदौ  २६ गते २१:०८ २०८३ भदौ २६ गते २१:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं रेड्सलाई ३-१ ले हराउँदै कर्णाली शिवराज नेपाल भलिबल लिगको पहिलो संस्करणको फाइनलमा पुगेको छ ।
  • त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको प्लेअफमा कर्णालीले पहिलो, तेस्रो र चौथो सेट जितेको हो ।
  • कर्णालीले शनिबार अपरान्ह ४ बजे उपाधिका लागि अन्नपूर्ण स्पाइकर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ ।

२६ भदौ, काठमाडौं । काठमाडौं रेड्सलाई पराजित गर्दै कर्णाली शिवराज नेपाल भलिबल लिग (एनभीएल) को पहिलो संस्करणको फाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा भएको प्लेअफमा काठमाडौंलाई ३-१ को सेटमा पराजित गर्दै कर्णालीले फाइनलमा स्थान बनाएको हो ।

कर्णालीले पहिलो सेट २५-२१ ले आफ्नो पक्षमा पार्दै अग्रता लिएको थियो । तर काठमाडौंले पुनरागमन गर्दै दोस्रो सेट २५-२० ले आफ्नो पक्षमा पार्दै खेल बराबरी गरेको थियो ।

त्यसपछि कर्णालीले तेस्रो सेट २५-२३ र चौथो सेट २५-२२ ले आफ्नो पक्षमा पार्दै खेल जितेको हो । कर्णालीले लिग चरणमा काठमाडौंसँग बेहोरेको हारको बदला समेत लिएको छ ।

कर्णालीले अब उपाधिका अन्नपूर्ण स्पाइकर किंग्ससँग प्रतिस्पर्धा गर्नेछ । ६ टोली सहभागी लिगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो ।

फाइनल खेल शनिबार अपरान्ह ४ बजे सुरु हुनेछ ।

केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनभीएलमा ६ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गरेका थिए ।

एनभीएलको विजेताले नगद २० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

तस्वीरहरू : विकास श्रेष्ठ

एनभीएल नेपाल भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय