+

दीपकको शतकमा भक्तपुर क्रिकेट सेन्टरको विजयी सुरुवात

२०८१ जेठ  १३ गते १९:४८ २०८१ जेठ १३ गते १९:४८
दीपकको शतकमा भक्तपुर क्रिकेट सेन्टरको विजयी सुरुवात

१३ जेठ, काठमाडौं । भक्तपुर क्रिकेट सेन्टरले एनसीसीएस महिला तथा पुरुष ट्वान्टी-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

‌मूलपानी क्रिकेट मैदानमा आइतबार भक्तपुरले बलपार्क स्पोर्टस् एन्ड इभेन्टस एकेडेमीलाई डकवर्थ लुइस पद्धति (डीएलएस) का आधारमा १९ रनले पराजित गरेको हो ।

वर्षाले प्रभावित भएपछि १३ आभेरमा झारिएको खेलमा १२६ रनको नयाँ लक्ष्य पछ्याएको बलपार्कले १३ ओभर नै ब्याटिङ गरे पनि तीन विकेट गुमाउँदै १०६ रन मात्र बनाउन सक्यो ।

बलपार्कका लागि विवेक थापमगरले अविजित ३४, रवि शाहले २८ र सुमित महर्जनले १९ रन बनाए ।

भक्तपुरका लागि विकाश आग्री, अमरसिंह रौटेला र दीपक बोहराले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको भक्तपुरले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १८४ रनको योगफल तयार पारेको थियो । भक्तपुरका लागि दीपक बोहराले ६४ बलमा अविजित ११२ रन बनाए । यसैगरी आयुशमान बमले १९ र  विनोद तामाङले  १६ रन जोडे ।

बलपार्कका लागि तिलकराज भण्डारी,पंकज पाण्डे र प्रसिद्ध बज्राचार्यले समान एक विकेट लिए ।

भक्तपुर क्रिकेट सेन्टर
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय