+

पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने

२०८१ जेठ  १३ गते १७:१३ २०८१ जेठ १३ गते १७:१३
पुरुष भलिबलको फ्रेन्चाइज लिग हुने

१३ जेठ, काठमाडौं । नेपाल भलिबल संघले केडिया ग्रुपसँगको सहकार्यमा पुरुष भलिबलको फ्रेन्चाइज लिग आयोजना गर्ने भएको छ ।

संघले आइतबार लिग आयोजनाको जानकारी र केडिया ग्रुपसँग सम्झौतासम्बन्धी कार्यक्रम आयोजना गर्दै लिग गर्ने घोषणा गरेको हो ।

पुरुष भलिबल लिग यही वर्ष माघ–फागुन भित्रमा गर्ने तयारी रहेको नेपाल भलिबल संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले जानकारी दिए ।

पहिलो संस्करण काठमाडौंमा आयोजना गरिने र त्यसपछि होम एण्ड अवेका आधारमा देशका विभिन्न शहरमा आयोजना हुने संघले जनाएको छ ।

लिग आयोजनाका लागि नेपाल भलिबल संघ र केडिया ग्रुप प्रालिबीच आइतबारै सम्झौतामा हस्ताक्षर भएको छ । संघका अध्यक्ष चन्द र केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता ७ वर्षको रहेको भलिबल संघका अध्यक्ष चन्दले जानकारी दिए । सम्झौता अनुसार पुरुष भलिबल फ्रेन्चाइज लिगको सम्पन्न गर्न लाग्ने खर्च केडिया ग्रुपले व्यहोर्ने छ । यस्तै केडिया ग्रुपले हरेक वर्ष नेपाल भलिबल संघलाई ३५ लाख प्रदान गर्नेछ । नेपालको भलिबल इतिहासमा पुरुषको फ्रेन्चाइज लिग पहिलो पटक हुन लागेको हो ।

यस सम्झौताले नेपालको भलिबल इतिहासमा नयाँ कोशेढुंगा हुने नेपाल भलिबल संघको विश्वास छ ।

पुरुष फ्रेन्चाइज लिगमा ७ टिम रहने र त्यसका लागि तयारी गर्नुपर्ने भएकोले फागुनसम्मको मिति राखेको चन्दले जानकारी दिए । हरेक टिमले ३ जना विदेशी खेलाडी राख्न पाउने छन् । उनले पुरुषका लागि सम्झौता गरेको र महिलाका लागि पनि छिट्टै सम्झौता गर्ने जानकारी दिए ।

यस्तै केडिया ग्रुपका प्रबन्ध निर्देशक विमलकुमार केडियाले नेपालको राष्ट्रिय खेल भलिबलको विकासका लागि सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।

फ्रेन्चाइज लिग भलिबल संघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय