१८ असोज, काठमाडाैं । जापानमा भएको २०औं एसियन गेम्समा ३४१ पदकसहित चीनले पहिलो स्थान हासिल गरेको छ ।
असोज ३ गतेदेखि सुरु भएको एसियन गेम्सका सबै खेल आइतबार सकिएको हो । चीनले १६९ स्वर्ण, ८९ रजत र ८३ कांस्यपदक जित्दै आफ्नो दबदबा कायम राख्यो ।
आयोजक जापान ३९ स्वर्ण, ९५ रजत र ९१ कांस्यपदकसहित दोस्रो स्थानमा रह्यो । दक्षिण कोरिया ३९ स्वर्णसहित १५० पदक जितेर तेस्रो र भारत २१ स्वर्णसहित ८५ पदक जितेर चौथो स्थानमा रह्यो ।
नेपाल दुई कांस्यपदकमा सीमित हुन पुग्यो । नेपालको महिला कबड्डी टोलीले लगातार दोस्रोपदक कांस्यपदक जित्दा करातेका तेञ्जिङ शेर्पाले पनि पदक हात पारे ।
१३५ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दा दुई कांस्यपदक मात्र जितेको हो ।
हेर्नुस् पदकसूची


प्रतिक्रिया 4