+
+

सुपर ड्याडः रुपान्तरणको घतलाग्दो कथा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २० गते १५:३४

महिला र पुरुष बराबरी । यो नारा सदियौदेखि गुञ्जदै आएको छ । यद्यपी व्यवहारिक रुपमा अहिलेपनि महिलामाथि भेदभाव छ । उनीहरुलाई बच्चा पैदा गर्ने यन्त्र वा घरधन्दा सम्हाल्ने रोबोर्ट जस्तै बनाइएको छ । हाम्रो जस्तो पछौटे समाजमा मात्र होइन, विश्वकै अगुवाई गर्ने उन्नत मुलुकमा पनि । कथा जापानको हो, सन्दर्भ हामीसँग ठ्याक्कै मिल्छ ।

यो कथा महिला र पुरुषबीच पारिवारिक जिम्मेवारीलाई लिएर बनेको खाडलको हो । अक्सर महिलाहरु भात पकाउने, घर सम्हाल्ने, छोराछोरी स्यहार्ने काममा खटिन्छन् । जबकी पुरुषलाई यस्तो काम ‘झिनामसिना’ लाग्छ । पुरुषहरु आफ्ना छोराछोरीलाई स्यहार्न, खेलाउन, पढाउन, ख्वाउन, होमवर्क गराउन खासै समय दिदैनन् । जबकी यो काम महिलाको पेवा जस्तै बनाइन्छ ।

यसरी छोराछोरी स्यहार्ने, हुर्काउन काममा पुरुष असंलग्न भइरहँदा त्यसले समाजमा विभिन्न किसिमको जटिलता पैदा गरेको छ । जापानमा त यस्ता पिता सायदै हुन्थे, जो आफ्ना बच्चाका खातिर समय खर्चन्छन् । बच्चासँग उनीहरु एकदमै कम समय गुजार्थे । यहि कारण त्यहाँ एक किसिमको सामाजिक विचलन देखियो । यहि विचलनलाई रोक्नका लागि अहिले ‘इकुमेन परियोजना’ सञ्चालन गरिएको रहेछ । के हो यो परियोजना ? यसले त्यहाँको समाजमा कसरी पुरुषको भूमिका परिवर्तन गर्दैछ ? यही मूल प्रश्नको उत्तर खोज्दै विविसी हिन्दी अनलाइनले प्रकासित गरेको सामाग्री यहाँ पेश गरिएको छ ।

इकुमेन अर्थात सुपर ड्याड

यतिबेला तपाई जापानको अखबर, फेसन पत्रिका वा टिभीको विज्ञापनमा आँखा दौडाइरहनुभएको छ भने, त्यहाँ एक नयाँ ‘सुपरहिरो’ देख्न सकिनेछ ।

यि सुपरहिरो मुस्कुराइरहेका ह्यान्डसम युवा हुन्, नास्ताको समयमा तलवारबाजी खेल खेल्छन् । आफ्ना बच्चासँग पार्कमा साइकल चलाउँछन् । बेलाबखत त यी पिता आफ्ना बच्चा जस्तो देखिन्छ । उनी कोमल छन् । समझदार छन् । जापानका यी नयाँ सुपरहिरो खुसीसाथ खाना पकाइरहेका वा घरको काम गरिरहेको देखिनेछ ।

उनीहरुलाई जापानमा ‘इकुमेन’ भनिन्छ । इकुमेन दुई शब्द जोडेर बनाइएको हो । इकुजी अर्थात बच्चाका हेरचाह गर्ने र इकेमेन अर्थात बलवान । यि इकुमेन पिता, विगतका कामकाजी जापानी पुरुषभन्दा ठिक उल्टो छन् ।

पहिलेका पिता जो कामको उत्साहले भरिएका हुन्थे । आज इकेमेन पापा बन्ने होड जापानी पुरुषमा चलेको छ । यो शब्द सबैभन्दा पहिला २००० को दशकमा एक विज्ञापनले प्रयोगमा ल्याएको थियो ।

सन् २०१० मा जापानको स्वास्थ्य, श्रम र कल्यान्ढ मन्त्रीले राष्ट्रव्यापी इकुमेन प्रोजेक्ट सुरु गरे । यसको उदेश्य थियो, पुरुषमा पारिवारिक जीवनप्रति लगाव बढाउनु । इकुमेनको यो अवधारणा निकै फलिफाप भयो । आज जापानको लोक संस्कृतिमा पनि यसको प्रचलन सुरु भयो ।

तर, के यो शब्दको कारण जापानको समाजमा महिला र पुरुषबीचको भेदभाव कम भयो ?

विगतको कुरा गरौं । त्यसबेला जापानमा पुरुषले केवल घरबाहिरको काम गर्थे । उनीहरु बाहिर काम गरेर पैसा कमाउनका लागि खटिन्थे । उनीहरु आफ्नो कम्पनी वा कार्यथलोप्रति समर्पित हुन्थे । लामो समयसम्म यन्त्रवत काम गरिरहन्थे, ताकि परिवारलाई आर्थिक सुरक्षा मिलोस् । दिलोज्यान दिएर कम्पनीको काम गर्ने यो प्रवृत्ति तिब्र रफ्तारमा बढ्दै गयो ।

पुरानो सोंचको गंभिर नतिजा

जापानको समाजमाथि पुस्तक ‘कुल जापानिज मेन’ लेख्ने हैना वसालो भन्छन्, ‘कामप्रति निष्ठा राख्नेलाई नै जापानको समाजमा आदर्श मर्द मानिन्थ्यो ।’

१९८० को दशकमा पनि जापानका पुरुष आफ्ना बच्चासँग दैनिक औसत चालिस मिनेटभन्दा कम समय व्यतित गर्थे । र, यो समय पनि सामान्यत रातको खाना खाने टेबलमा हुन्थयो ।

एक रिसर्च अनुसार कतिपय जापानी पुरुषले घरमा चिया समेत बनाउन पाउँदैनथे । यहाँसम्म कि, श्रीमतीको सहयोग बिना उनीहरुले आफ्नो लुगाफाटो समेत खोज्न सक्दैनथे । जब पिता आफ्ना बच्चासँग कुराकानी गर्थे, त्यसबेला बच्चासँग उनीहरुको खास लगाव झल्कदैनथ्यो । अक्सर उनीहरु आदेश दिने कुरा गर्थे, ताकि बच्चाले पितालाई सम्मान गरोस् र डराओस् ।

महिलाहरुले विवाह गरेर बच्चा जन्माइसकेपछि घर बाहिरको काम गर्न पाउँदैनथे । नतिजा यस्तो भयो, धेरै युवतीले विवाह नै गरेनन् । कति युवतीले लामो समयपछि मात्र विवाह गरे, कतिले जीवनभर विवाह नै गरेनन् ।

यसबाट के भयो ?

यसबाट के भयो भने, जापानमा बच्चाको जन्मदर कम हुँदै गयो । यो क्रम निरन्तर जारी रह्यो । एकातिर बच्चाको जन्मदर कम हुँदै थियो । अर्कोतिर बच्चाको आत्महत्या गर्ने प्रवृत्ति मौलाउँदै थियो । यो जटिलता आउनुमा आमाबुवाले बच्चालाई उचित ख्याल नगर्नु मूल कारण देखियो ।

यावत् समस्याले जरा फैलाइरहँदा पनि जापानको समाजले परिवर्तनको खाँचो देखेन । अभिभावकत्व आवश्यक छ भन्ने सोंच धिमा गतिमा मात्र बद्लियो ।

सन् २००२ मा केवल सून्य दशमलव ३३ प्रतिशत पुरुषले आफ्ना बच्चा जन्मिएको क्षणमा ‘पितृत्व अवकास’ अर्थात पेटरनिटी लिभ लिए । सन् २००८ को सर्वे अनुसार मौका मिल्नसाथ कम्तीमा एक तिहाइ जापानी पुरुष आफ्ना बच्चासँग समय विताउन चाहन्थे । तर, उनीहरुलाई थाहा थियो कि, आफ्ना हाकिमले लामो समय विदा लिएको रुचाउँदैनन् ।

परिवर्तनको प्रयास

जापानको सरकारले इकुमेन प्रोजेक्टमार्फत विद्यमान अवस्था बदल्ने प्रयास गरे । समाजको सोंचमा बदलाव ल्याउनका लागि यसलाई एक आन्दोलनको रुपमा चलाइयो, ताकि जापानी पुरुष पनि सराबरी आफ्ना बच्चाको हेरचाहमा जुटोस् ।

इकुमेन परियोजना अन्र्तगत कार्यशाला आयोजना गरियो । पिता बनेका पुरुषलाई वर्क लाइफ ब्यालेन्सको ह्यान्डबुक पनि दिइयो, ताकि उनीहरुले आफ्नो व्यवसायिक र पारिवारिक जीवनलाई सन्तुलित राख्न सकोस् ।

पितालाई परिवारसँग जोड्नका लागि इकुमेन परियोजनामा पुरुषलाई सुपरहिरो जस्तै पेश गरियो । उनीहरुलाई बलवान पुरुषको रुपमा देखाइयो । यस मिसन अन्र्तगत जापानी पुरुष केवल आफ्ना परिवारको हेरबिचार मात्र गरिरहेका छैनन्, नयाँ युवा पींढीलाई पालनपोषण गरी देशहितको काम पनि गरिरहेका छन् ।

इकुमेनलाई एकदम लोकपि्रयता प्राप्त भयो । हैना वसालो भन्छन्, ‘जापानमा अहिले हरेक व्यक्ति इकुमेन शब्दसँग परिचित छन् ।’

इकुमेनको लोकप्रियता र आलोचना

अहिले जापानमा ‘फादर क्वार्टली’ अर्थात एफक्यु जस्ता पत्रिकामा पिता र बच्चाको एउटै पहिरनमा विज्ञापन निकालिन्छ । परिवारसँग फोटोशूटको विज्ञापन हो ।

हालैमात्र यस पत्रिकाले मिस्टर यकुमेन प्रतियोगिता पनि गरेको थियो । संवेदनशिल यकुमेनलाई टेलिभिजन शोमा पनि अहम रोल मिल्न थालेको छ । इकुमेनको नाममा एक टेलिभिजन शृंखला पनि बनेको छ । यसमा एक यस्ता पुरुषको कथा छ, जो घरमा छोराछोरी स्यहार्छन् । उनकी पत्नी कामकाजी छिन्, घरबाहिरको काम गर्छिन् ।

यसमा महिला र पुरुषले निर्वाह गर्ने पुरातन भूमिका ठ्याक्कै उल्टो छ । पुरुष घरधन्दाको काम सम्हाल्छन्, महिला घरबाहिरको काम गरेर आयआर्जन गर्छिन् ।

इकुमेन परियोजनाले यस किसिमको जागरुकता बढेको छ । यद्यपी यो विवादरहित भने छैन । यस परियोजनालाई लिएर विभिन्न किसिमका आलोचना पनि भइरहेको छ ।

विकसित देश भएर पनि जापानमा पुरुष महिलाबीच ठूलो भेदभाव छ । इकुमेन परियोजनापछि केही परिवर्तन देखिएको छ । अहिले बच्चाका खातिर कार्यलयबाट विदा लिएर घरमा बस्ने पुरुषको संख्या बढेको छ । पुरुषहरु बच्चाको पालनपोषण, हेरचाहमा खटिन थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?