+
+

ट्रकको ठक्करबाट बाबु र छोराको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २५ गते १५:३४

२५ मङ्सिर, दमक । भारतीय ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा झापाको दमक चोकमा मंगलबार दिउँसो बाबु र छोराको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकलमा सवार दुवैको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

प्रहरी निरीक्षक खगेन्द्र एकतेनका अनुसार मृत्यु हुनेमा मोरङ पथरीशनिश्चरे नगरपालिका–९ का ६३ वर्षीय धनप्रसाद गिरी र उनका २९ वर्षीय छोरा हेमचन्द्र रहेका छन् । ठक्करबाट सख्त घाइते दुवैको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले बताए ।

एचआर २७ जे ०६२५ नम्बरको मालबाहक भारतीय ट्रकले दमकको पश्चिम बस रोक्ने ठाउँमा दिउँसो को ३३ प ७९४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । प्रहरीले दुर्घटनामा संलग्न ट्रक र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?