+
+

पाँचथरमा बन्दुक बनाउने कारखाना, पार्टपूर्जासहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर २६ गते १८:१३

२६ मंसिर, पाँचथर । पाँचथरको याङवरक गाउँपालिकामा एउटा बन्दुक बनाउने कारखाना फेला परेको छ ।

विशेष सुराकको आधारमा प्रहरी चौकी फलैचाबाट खटिएको टोलीले गाउँपालिकाको वडानम्बर-३ को ओयाम भन्ने ठाउँमा कारखाना नै सञ्चालन भएको पत्ता लगाएको हो ।

६० वर्षीय शान्ताबहादुर बिकको घरमा रहेको आरनमा बन्दुक बनाउने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

आरनबाट ५ नाल भरुवा बन्दुकको पार्टपूर्जासहित हिलिहाङ गाउँपालिका-५ का ४८ वर्षीय बुद्धिमान बिकलाई प्रहरीले पकाउ गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?