+
+

श्रमिकको हकहितका लागि तोप बन्न तयार छुः मन्त्री विष्ट

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३ गते ११:५७

३ पुष, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकको हकहितका लागि आफू ‘तोप’ बन्न तयार रहेको छन् ।  श्रमिकको हितमा निर्णय गर्दा दलालहरुले अफ्ठ्यारोमा पार्ने गरेको संकेत गर्दै उनले त्यस्ता प्रयत्नलाई निस्तेज पार्न आफू तोप बनेर खडा हुने बताए ।

१८औं विश्व आप्रवासन दिवसको सन्दर्भमा वैदेशिक रोजगार प्रवर्द्धन बोर्डले काठमाडौंमा गरेको ‘वैदेशिक रोजगारीः अबको बाटो’ विषयक अन्र्तक्रियामा उनले सुधारका असल प्रयत्नहरुलाई रोक्न अनेकन प्रयास हुने गरेको बताए ।

मन्त्री विष्टले आफ्ना प्रयासलाई युद्ध मैदानसँग तुलना गर्दै भने, ‘कहिले काँही ठूला ठूला युद्ध भन्दा देश र जनताको हितमा गरिने सुधारका प्रयत्नहरु ज्यादा कठिनतम् हुँदा रहेछन् ।’

श्रम बजारमा सुधारका लागि काम गर्दा अदृश्य, अपारदर्शी, गैरकानूनी शक्ति संयन्त्रहरु हावी बन्ने गरेको उनको भनाइ छ ।  त्यस्ता अदृश्य शक्ति संयन्त्रलाई परास्त गर्न सरकार दृढतापूर्वक अघि बढ्ने उनले बताए ।

क्रमशः सुधारका कामहरु अघि बढेको बताउँदै मन्त्री विष्टले पर्याप्त अभ्यास गर्दै जान सके वैदेशिक रोजगारीको क्षेत्रमा राजमार्ग तयार हुने दाबी गरे ।  श्रम बजार, श्रमिकको बीचमा पुलको भूमिका निर्वाह गर्न आवश्यक संयन्त्र तथा माध्यमहरुलाई थप सहज, सरल, प्रभावकारी बनाउन जरुरी रहेको उनको भनाइ छ ।

वैदेशिक रोजगारीका क्षेत्रमा दुखः पाउने समय सकिँदै उनले सुनाए ।  ‘विकासका दुई वटा महत्वपूर्ण पक्ष मध्ये मानव संशाधन अत्यन्त महत्वपूर्ण पक्ष हो’, मन्त्री विष्टले भने, तर मर्यादित बन्न सकिरहेको छैन, ढुक्क हुन सकिरहेको छैन, हाम्रो प्रयत्न यसैमा हो ।’

अल्पविकसि देशका श्रमिकमाथि भइरहेको विभेद अन्त्य गर्न आप्रवासनको रुपमा श्रमिक आपूर्ति गर्ने देशहरु एकजुट भएर आवाज उठाउनुपर्ने मन्त्री विष्टले बताए ।
आज विश्व आप्रवासन दिवस देशैभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

सन् १९९० मा संयुक्त राष्ट्रसङ्घले आप्रवासी कामदार र तिनका परिवारको सदस्यको अधिकार संरक्षणसम्बन्धी महासन्धि पारित गरेको दिनको स्मरण गर्दै राष्ट्रसङ्घले सन् २००० देखि डिसेम्बर १८ लाई विश्वभर आप्रवासन दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सो दिवस मनाउन थालिएको हो ।
नेपालमा विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।

विदेश गएर काम गरेका व्यक्तिहरुले आˆनो हक हितको माग तथा कामदारको पीडालाई स्मरण गर्दै र्‍याली, सभा समेत आयोजना गर्ने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?