+
+

बसले मोटरसाइललाई ठक्कर दिंदा नवलपरासीमा एकको मृत्यु, १६ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७५ पुष ३ गते १६:३५

३ पुस, नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका-८ गडवार खोला नजिकै यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार मंगलबार दिउँसो नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना६ख ९६७६ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको बा५१प ६९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस र मोटरसाइकल दुवै सडकदेखि करिब २० मिटर तल खसेका छन् । दुर्घटनास्थल चोरमाराबाट डेढ किलोमिटर पश्चिम जंगल क्षेत्रमा पर्छ ।

दुर्घटना घाइते भएकी मोटरसाइकलमा सवार मध्यविन्दु-११ निवासी २८ वर्षीया चन्द्रकुमारी सोमै मगरको मध्यविन्दु सामुदायिक अस्पताल डण्डा बजारमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा बसमा सवारसहित १६ जना घाइते भएको र घाइते मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको मध्यविन्दु सामुदायिक अस्पताल डण्डामा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?