९ पुस, विराटनगर । मोरङको उर्लाबारी नगरपालिका – ७ मा आगलागीमा जलेर एक महिलाको मृत्यु भएको छ ।
सोमबार साँझ साढे ६ बजे रामबहादुर थापाको घरमा आगलागी हुँदा उनकी बुहारी ४५ वर्षकी रिना थापाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।
आगलागीको समयमा घरमा ८४ वर्षका ससुरा रामबहादुर र बुहारी रिना रहेका थिए । रामबहादुरलाई स्थानीयबासी र प्रहरीले उद्दार गरे पनि बुहारी कोठामा चुकुल लगाएर सुतेकाले उद्दार गर्न नसक्दा आगोले जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4