१७ पुुस, बारा । इलाका प्रशासन कार्यालय, सिमरा बारामा कार्यरत कम्प्यूटर सहायक राज्यनारायण साहलाई घुससहित अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको छ ।
सेवाग्राहीसँग घुस लिएको नगद १५ सय रकम सहित अख्तियार अनुसन्धान आयोग क्षेत्रिय कार्यालय हेटौडाको टोलिले पक्राउ गरेको हो ।
सेवाग्राहीलाई नागरिकता बनाइदिने विषयमा अर्को जिल्लाबाट विवरण खुलाइ् पठाउन कागजात माग गर्नका निमित्त निज साहले हिजो केही रकम माग गरेका थिए ।
सेवाग्राहीले माग बमोजिमको रकम दिने भनेपछि साहले आज सेवाग्राहीलाई बारम्बार फोन गरी काम भइसकेको भन्दै नागरिकता लिन बोलाएका थिए ।
अख्तियार हेटौडाको टोलीलाई सेवाग्राहीले उजुरी गरेपछि अख्तियारको टोली बारा आइपुगेको थियो । पक्राउ परेका साहलाई थप अनुसन्धानका लागि आयोगको क्षेत्रीय कार्यालय, हेटौडा लगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4