३० पुस, काठमाडौं । एसिड आक्रमणबाट पीडित नवरपरासीकी ३१ वर्षीय वसन्ती परियारलाई काठमाडौंका सुजन रेग्मीले आर्थिक सहयोग गरेका छन् ।
अनलाइनखबरमा बसन्तीका बारेमा समाचार प्रकाशन भएपछि काठमाडौंस्थित धापासी निवासी रेग्मीले १० हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।
आइतवार बसन्तीको हातमा सहयोग रकम हस्तान्तरण गर्दै सुजनले भने, ‘अनलाइनखबरमा प्रकाशन भएको समाचार पढेपछि आफुलाई थाम्नै सकिनँ र सक्दो सहयोग गरेँ ।’
बसन्ती अहिले महाराजगञ्जस्थित डेरामा बस्दै आएकी छिन् । बसन्तीका एक छोरा र एक छोरी छन् । उनलाई श्रीमान र आमाले हेरविचार गर्दै आएकी छिन् । ‘उसलाई सरकारले कडाभन्दा कडा कारवाही गर्नुपर्छ’, बसन्तीले आक्रोश पोखिन् ।
विहे ग गर्न नमानेको भन्दै गत असाज ८ मा विमल श्रीपाइलीले बसन्तीलाई एसिड छ्यापेका थिए ।
बसन्तीले अहिलेसम्म सरकारबाट कुनै पनि सहयोग नपाएको परिवारजनको गुनासो छ ।
प्रतिक्रिया 4