+
+

माथिल्लो तामाकोशी उत्कृष्ट दशमा

रासस रासस
२०७५ माघ ५ गते २०:०९

५ माघ, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्चमा कारोवार शुरु भएको एक सातामा नै माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बजार पूँजीकरण रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको हुन पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्जले उपलब्ध गराएको पछिल्लो विवरणअनुसार दोस्रो बजारमा कारोवार शुरु भएको एक सातामै उत्कृष्ट १० कम्पनीको सूचीमा सो जलविद्युत् कम्पनी पर्न सफल भएको हो । गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको शेयर कारोवार शुरु भएको हो । कम्पनीले १० करोड ५९ लाख कित्ता शेयर सूचीकरण गरेको छ । हरेक दिन करीब १० प्रतिशतका दरले शेयरको मूल्य बढेको कम्पनी एक सातामै बजार पूँजीकरणमा समेत शीर्ष दशमा पर्न सफल भएको हो ।

स्टकका अनुसार यही पुस ३ गते बिहीबार माथिल्लो तामाकोशीको शेयर दोस्रो बजारमा प्रतिकित्ता रु ३११ मा खरीद बिक्री भएको छ । तर सो कम्पनीको शेयर खरीद गर्न चाहनेको सङ्ख्या बढी भए पनि बिक्री गर्न चाहने भने असाध्यै न्यून रहेका छन् । स्टकका अनुसार साताभर सो कम्पनीको मात्रै ११६ कित्ता शेयर कारोवार भएको छ ।

बजार पूँजीकरणका आधारमा शीर्ष स्थानमा नेपाल टेलिकम रहेको छ । सो कम्पनीको बजार पूँजीकरण रु एक खर्ब नौ अर्ब ९५ करोड छ । दोस्रोमा नेपाल इन्भेस्टमेन्ट बैंक रहेको छ । सो बैंकको बजार पूँजीकरण रु ६८ अर्ब २१ करोड छ । तेस्रोमा रहेको नवील बैंकको रु ६७ अर्ब ८४ करोड ५८ लाख छ ।

नेपाल लाइफ इन्स्योरेन्स रु ४९ अर्ब २४ करोड ५६ लाख, स्ट्याण्डर्ड चार्टर्ड बैंक रु ४७ अर्ब १८ करोड, एभरेष्ट बैंक रु ४२ अर्ब ५४ करोड २३ लाख, हिमालयन बैंक रु ३८ अर्ब ७६ करोड, एनआइसी एशिया बैंक रु ३४ अर्ब ९८ करोड, नेपाल एसबिआइ बैंक रु ३२ अर्ब ९५ करोड र माथिल्लो तामाकोशीको रु ३२ अर्ब ९३ करोड ४९ लाख बराबरको बजार पूँजीकरण हुन पुगेको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?