+
+

१० वर्षसम्म पनि रोकिएन रातु खोलाको अबैध उत्खनन्

विक्रम रौनियार विक्रम रौनियार
२०७५ माघ १६ गते १८:२२

१६ माघ, महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकास्थित रातुखोला क्षेत्रबाट दशक अघिदेखि हुँदै आएको अबैध उत्खन्न अझै रोकिएको छैन । सरोकारवाला नै प्रभावमा परेपछि अबैध उत्खनन् नरोकिएको हो ।

बर्दिवास नगरपालि-७ किसाननगर र वडानम्बर ९ को नदिउकास क्षेत्रबाट एक्साभेटर लोडर प्रयोग गरेर अबैध रुपमा उत्खनन् भैरहेको छ । स्थानीय प्रशासनकै मिलेमतोमा नदीजन्य पदार्थ उत्खनन् भइरहेको स्थानीयको आरोप छ ।

रातको समयमा खोलामै व्यवस्थित तरिकाले ३० फिटभन्दा बढी खाल्डो बनाइ अबैध उत्खनन् गरिरहेको स्थानीयको भनाइ छ । प्रहरी प्रशासनले नदेख्ने गरी एक्साभेटर नै खाल्डोमा लुकाएर दिनरात नै अबैध तरिकाले उत्खनन् गर्ने गरिएको छ ।

खोला क्षेत्रमा ठेक्का लागेको भए छ तर नदिउकास क्षेत्रबाट अबैध नदिजन्य पदार्थ उत्खनन् भइरहेको छ । स्थानीय सरकारले भने रोक्ने प्रयास नगरेको स्थानीयको आरोप छ ।

चालु आर्थिक वर्ष २०७५/०७६ को लागि खोलाको ठेक्का लगाउने जिम्मा बर्दिबास नगरपालिका मातहतमा आएको छ । खोला क्षेत्रको समेत ठेक्का लागि सकेको छ ।
तीन फिट गहिराई गरेरमात्र बालुवा, ढुङ्गा, गिटी निकाल्न पाइने गरी ठेक्का बर्दिबास नगरपालिकाले खोला ठेक्का लगाएको छ ।

ठूलो यन्त्र लगाएर नदीजन्य पदार्थ उत्खन्नमा गर्न प्रतिबन्ध छ । तर, ठूला उपकरण यन्त्र प्रयोग गरेर खोलामा उत्खन्न भैरहेको छ ।

ठेक्का क्षेत्र बाहेक नदी उकास क्षेत्रबाट उत्खन्न भैरहेको बर्दिवास नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले बताए । ‘रातभरी नै नदिउकास क्षेत्रभित्र उत्खनन् भैरहेको छ, सम्बन्धित निकायलाई अनुगमन गर्न भनेका छौं,’ उनले भने ।

नदिउकास क्षेत्रमा कसले उत्खनन् गरिरहेको भन्नेबारे बर्दिवास नगरप्रमुख कार्कीले बोल्न चाहेनन् । उनले भने, ‘उत्खनन् कसकसले गर्छन् सूचना छैन, स्थानीयको अनुसार रातभर उत्खनन् हुने गरेको छ ।

खबर पाए लगत्तै प्रहरीको सहयोगमा उत्खनन्मा संलग्न सवारीसाधन नियन्त्रण लिएको मेयर कार्कीले बताए ।

पुस २४ गते बर्दिबास नगरपालिकाले व्याहुत निर्माण सेवा प्रा.लि. जलेश्वरलाई खोलाको ठेक्का दिएको थियो । डेढ करोडमा ठेक्का हात पारेको कम्पनीले सम्झौता विपरीत ठूलो यन्त्रको प्रयोग गरेर खोलाको नदिउकास क्षेत्रमा खनिरहेको छ ।

नगरपालिकाको किसाननगर दक्षिण सीमादेखि पशुपतिनगरको अन्तिम सीमानाको खोला खन्न ठेकेदारले जिम्मा पाएको हो ।

ठेकेदार कम्पनीलाई एकहजार ६५० मिटर क्षेत्र भित्रको रातु खोलाबाट ८१ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्न नगरपालिकाले अधिकार दिएको थियो तर ठेकेदार र क्रसर संचालकको मिलमातोमा नदीउकास क्षेत्रबाट नदीजन्य पदार्थ उत्खन्न र बेचबिखन गरिरहेका छन् ।

सम्झौता विपरीत खोला खन्दा पनि अनुगमन गर्ने जिम्मेवारी पाएको जिल्ला समन्वय समिति महोत्तरी, अनुगमन समितका सदस्य, जिल्ला प्रशासन, जिल्ला प्रहरीले भने कुनै चासो देखाएको छैन ।

रातु खोलामा भएको अबैध उत्खन्नको कारण महोत्तरी र धनुषाको सीमामा अवस्थित रातुपुल जीर्ण बन्नुका साथै भासिएको थियो । अबैध उत्खनन् नरोकिएको नयाँ पुलसमेत छिटै जीर्ण हुने स्थानीय बताउँछन् ।

उत्खननपछि अनुगमन

अबैधरुपमा उत्खन्न भएइसकेपछि सम्बन्धित निकायबाट अनुगमन भएको छ ।  अनुगमन टोलीले खोला क्षेत्रमा भैरहेको उत्खनन् र नदिउकास क्षेत्रमा भैहरेको उत्खन्न बारे अनुगमन गरेको हो ।

मंगलबारसम्म दिउँसै उत्खनन् भैरहेको स्थानमा भने अनुगमन टोली पुग्दा उत्खनन् भैरहेको थिएन् ।

अनुगमन टोली केही समय उत्खनन् भैरहेको स्थानमा बनाइएको ठूलो खाडल हेर्दै यस्तो गर्न पाइँदैन भन्दै फर्किएका थिए ।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका सभापति, जिल्ला प्रशासन कार्यालय प्रमुख, जिल्ला प्रहरी कार्यालय प्रमख, बर्दिवास नगरपालिकाको प्रमुख रहेका थिए ।

टोलीले संयुक्त रुपमा अनुगमन गरेको हो । रातुखोलाको बस्तु्स्थितिबारे सबैजना जानकार भएपनि अबैध उत्खनन् रोकिनेमा कुनै विश्वास नरहेको स्थानीय बताउँछन् ।

यसअघि समेत अनुगमन टोलीले यस क्षेत्रमा भैरहेको उत्खनन्बारे पटकपटक अनुगमन गरेपनी उत्खनन् रोकिनुको साटो बढिरहेको स्थानीयको भनाइ छ ।

अनुगमनपछि ठेकेदारसँग प्रहरी प्रशासन र स्थानीय तहको मिलोमतो हुने गरेको स्थानीयको आरोप छ । ‘दुईचार दिन रोकिएको जस्तो हुन्छ फेरि सुरु हुन्छ,’ स्थानीय अमृत महत्तोेले भने ।

उत्खनन् रोक्छौं : सिंह

रातु खोलामा भएको अबैध उत्खन्न बारे अनुगमन गर्न आएको जिल्ला समन्वय समिति महोत्तरीका सभापति सुरेश सिंहले खोलाको उत्खनन्को अवस्था भयावह रहेको बताउँदै यसलाई रोक्ने बताए ।

बर्दिवास नगरपालिकाले मापदण्डमा खोला ठेक्का लगाए नलगाएको बारेमा खोजबिन गर्ने उनको भनाइ छ । उनले भने, ‘नदीजन्य सा्रेतसाधनको व्यापक दुरुपयोग भएको छ । नदिउकास क्षेत्रमा भएको अबैध उत्खनन्बारे समेत छिट्टै कारवाही प्रक्रिया थाल्छौं ।’

खोला भएपनि नदिउकास क्षेत्र भएपनि मापदण्ड बिपरीत उत्खन्न गर्न कसैलाई छुट नभएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?