युएईमा रहेका नेपालीहरुले पनि शहीद दिवस मनाएका छन् । प्रदेश ५ सम्पर्क समिति युएई, दाङ देउखुसी समाज युएई र ठकुरी सहयोग सञ्जाल युएईको आयोजनामा दुबईको शिल्भरस्पुन रेष्टुरेन्टमा कार्यक्रम गरी शहीदको सम्झना गरिएको हो ।
राष्ट्रियगानको गुन्जनसंगै शहीदहरूको तस्वीरमा अविर माल्यार्पण गरी कार्यक्रम समापन गरिएको थियो । विदाको दिन नभएपनि कार्यक्रममा नेपालीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
ठकुरी सहयोग संजाल यूएईका अध्यक्ष भीमको सभापतित्व तथा दाङ देउखुरी समाजका अध्यक्ष कमल गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रदेश ५ सम्पर्क समिति यूएईका अध्यक्ष राजु खड्का बिशिष्ट अतिथीको रूपमा उपस्थित भएका थिए । कार्यक्रमको सहजिकरण प्रदेश ५ सम्पर्क समिति यूएईका महासचिव खगेन्द्र पराजुलीले गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4